Comments Add Comment

ताप्लेजुङमा दोस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने

taplejung-vallyball१४ माघ, काठमाडौं । ताप्लेजुङ जिल्ला भलिबल संघको आयोजनामा सर्बाधिक पुरस्कार राशीको दोस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले आगामी फागुन ३ देखि ७ सम्म ताप्लेजुङमा प्रतियोगिता हुने जानकारी गराएको छ ।

ताप्लेजुङ जिल्लाको पर्यटकिय नगरी धार्मिकस्थल पाथिभरा माताको सरोफेरोमा हुने प्रतियोगिता लिग कम नकआउटको आधारमा हुनेछ । पाँच दिनसम्म चल्ने प्रतियोगितामा तीन विभागीय क्लब नेपाल आर्मी, पुलिस र सशस्त्रको एपीएफ क्लब तथा पाँच विकास क्षेत्रको सहभागीता रहने ताप्लेजुङ जिल्ला भलिबल संघका अध्यक्ष दिवस चोङबाङले जानकारी दिए ।

खेलकुदको माध्यमबाट स्थानीय स्तरमा बाहृय र आन्तरिक पर्यटन विकास र स्थानीय स्तरका खेलाडीको प्रतिभा समेत उजागर गर्ने उद्देश्यले राष्ट्रिय भलिबल खेल आयोजना गरिएको अध्यक्ष चोङवाङले बताए ।

प्रतियोगिताको विजेताले हालसम्मकै सर्बाधिक नगद पुरस्कार ३ लाख ३० हजार र उपविजेताले १ लाख ६५ हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सेमीफाइनलमा पराजित दुई टिमले सान्त्वना पुरस्कार स्वरुप समान ३५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले ट्रफि र नगद १० हजार पाउनेछ । विधागत उत्कृष्टअन्तर्गत स्पाइकर, सेटर,ब्लकर, लिब्रो र सर्भरलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

मुख्य प्रायोजकको रुपमा बलबहादुर तामाङ, रमेश बराल र इश्वरी पौडेलले कुल ६ लाख ७५ हजार रुपैयाँ प्रदान गरेको आयोजकले जनाएको छ । उक्त प्रायोजन रकम बराबरको चेक बलबहादुर तामाङले संघका अध्यक्ष चुङबाङलाई हस्तान्रतण गरे ।

अन्यमा राष्ट्रिय खेलकुद परिषद-राखेप)ले ६ लाख रुपैयाँ, ताप्लेजुङ जिल्लाका चार सांसदबाट कुल १० लाख र ताप्लेजुङ सरोकार केन्द्रबाट २ लाख रुपैयाँ लगायतले प्रायोजन गरेको आयोजकले जानकारी दिइएको छ ।

त्यसैगरी सहभागी टिमको आर्थिक ब्यवस्थापन आयोजकले गर्नेछ । प्रतियोगिताका लागि अनुमानित कुल २८ लाख ५० हजार लाग्नेछ । खेलपश्चात बाँकी रहेको बजेट ताप्लेजुङ जिल्लाका खेलाडीका लागि तालिम र प्रशिक्षण तथा विद्यालयस्तरको भलिबल खेल विकासमा खर्च गरीने संघका अध्यक्ष दिवस चुङवाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment