Comments Add Comment

ओलीको उत्तेजना र प्रचण्डको खस्कँदो पाइन

दश वर्ष अघिसम्म ‘उग्रवामपन्थी’को अरोप खेपेका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई अहिले ‘दक्षिणपन्थी’को आरोप लाग्न थालेको छ । त्यस्तै कुनैबेला अति भारतपरस्तको आरोप खेपेका एमाले अध्यक्ष केपी शर्मा ओलीमा अहिले ‘उग्रराष्ट्रवाद’को भुत सवार भएको छ ।

राष्ट्रियताको मापन नै भारतको समर्थन या विरोधका आधारमा गर्ने संकीर्ण सोचले ग्रस्त नेपाली मानसिकतामाथि नेताहरुले निरन्तर खेलेको इतिहास छ । र, अहिले पनि त्यसकै पुनरावृत्ति भएको छ । यसको केन्द्रमा छन्, एमाले अध्यक्ष अोली र माओवादी अध्यक्ष दाहाल ।

ओलीको उत्तेजना

महाकाली सन्धीलगायत थुप्रै राष्ट्रहित विपरीतका सम्झौता गर्न नेपथ्यबाट महत्वपूर्ण ‘रोल प्ले’ गरेको आरोप लागेका केपी शर्मा ओली कुनैबेला पार्टीभित्रै पनि अलोकपि्रय थिए । मूलतः पार्टीभन्दा पनि गुट चलाउन मन पराउने भनिएका ओलीले नै अहिले पार्टीको नेतृत्व गरेका छन् ।

गुटले ग्रस्त एमालेभित्र ओलीले आफ्नो बर्चस्व जमाउन सफल भएको सत्यलाई नकार्न सकिँदैन । पार्टीभित्र पनि जबरजस्त हाबी हुन पल्केका ओलीले प्रधानमन्त्री हुने पनि मौका पाए ।

देशको विषम परिस्थितिबीच प्रधानमन्त्री भएका ओलीले करिब नौ महिले कार्यकालमा उल्लेख्य काम गर्न नसके पनि दाम्मीदाम्मी गफ दिने हिम्मत गरेको सत्यचाहीं भुल्न सकिँदैन ।

संविधानसभाबाट जारी भएको नेपालको नयाँ संविधानप्रति घोषित असन्तुष्टि राख्दै भारतले गरेको अघोषित नाकाबन्दीविरुद्ध कुनै कुटनीतिक प्रयास नगरे पनि ओलीकै पालामा नाकाबन्दी खुल्यो । नेपालको संविधानप्रति आपत्ति जनाउँदै भारतले अघोषित रुपमा गरेको नाकाबन्दीलाई घोषित रुपमा सघाएको मधेशी मोर्चालाई गलाउनु नै ओलीले आफ्नो सफलता ठाने । मोर्चाका नेतालाई गलाएर वा लतारेर नाकाबाट काठमाडौंसम्म आउन बाध्य पारे ।

नाकाबन्दी ताका ओलीले गरेका भाषणहरु निकै लोकपि्रय भयो । कारण- उनीले भारतको विरोध गरे । नेपाली स्वाभिमान, आत्मनिर्भरता र राष्ट्रियताका ठूलाठूला कुरा गरे । कसैकसैलाई अस्वभाविक लाग्ने स्वभाविक भाषण गरे । बहशको विषय बन्यो ।

निर्मम सत्य यो हो कि, ओलीले उल्लेख्य कुनै काम नगरे पनि सपनाको पुर्नतजकी चाहीं गराएकै हुन् । चीनसँग भएको व्यापार तथा पारबहन सम्झौतालाई छाड्ने हो भने उल्कै प्रशंसा गर्नु पर्ने काम ओलीले केही गरेनन् । भलै, नागरिकमा व्यापक निराशा छाइरहेका बेला, जहाँ गए पनि सपनाको खेती गर्नुलाई अनुत्पादक भन्ने कि नभन्ने ? बहशकै विषय होला ।

लामो समय सरकार नटिक्ने जानेरै ओलीले छोटो समयमा ठूला भाषण गर्न भ्याएका हुनसक्छन् । ‘गर्न खोजेकै हो, दिएनन्’ भन्ने औसत प्रतिक्रिया दिनकै लागि ओलीले ठूला कुरा गरेका होइनन् भने ठीकै छ । तर, नौ महिना पनि पूरा नटिकेको सरकार र सरकारमा हुँदा गरेको भाषणकै जगमा ओलीमा अहिले अतिराष्ट्रवादको भूत सवार भएको छ ।

मूलत मधेसी मोर्चाको माग सम्बाधन गर्ने विषयमा सरकारपक्ष र प्रतिपक्षी एमालेलगायतका दलबीच बढेको विवाद अहिले राजनीतिको केन्द्रमा छ । यहीं विवादका कारण प्रचण्ड नेतृत्वको सरकार अहिले जाममा परेको छ । यो जाम खुल्न नदिनुलाई नै एमालेले सफलता सोचेको हुन सक्छ ।

अहिले अतिराष्ट्रवादको विज्ञापनमा एमालेलाई तत्काल चुनाव हुने हो भने ठूलो पार्टी बन्ने ठूलो सपना छ । त्यसैले पनि ओलीमा ‘भियाग्रे उत्तेजना’ ज्यादा भएको हुनसक्छ ।

प्रचण्डको पाइन

दश वर्षे सशस्त्र द्वन्द्वका बेला ‘प्रचण्ड भनेको त मान्छे नै होइन’, ‘प्रचण्ड भनेकै राजा हो’जस्ता प्रचण्डबारे धेरैमा दुविधा थियो । अन्नत ‘प्रचण्ड एक फरक मान्छे हो’ भन्ने थाहा भयो । बैंकको पैसा तिर्नु पर्दैन, बिजुलीको पैसा तिर्नु पर्दैन, धनी गरिब सबै बराबर बनाउने भन्नेजस्ता कुराले धेरैको मन जित्यो । माओवादीको आन्दोलन फस्टाउँदै गयो । द्वन्द्वले उग्ररुप लिएपछि तत्कालिन राजाले चेपुवामा पारेका सात दल र माओवादीबीच भारतमा समझौता भयो । द्वन्द्व सकियो । प्रचण्डको असली रुप सतहमा आयो ।

मिलेको शरीर, उस्तै वाकपटुता । प्रचण्डले धेरैको मन जिते । भारतसँग सुरुङ युद्ध गर्छु भनेका प्रचण्डले पहिलो राष्ट्रपति हुनेदेखि थुप्रैथुप्रै सपना देखे । र नागरिकलाई समृद्धिसँगै समानताको सपना देखाए । माओवादीकै मुद्दा संविधानसभाबो निर्वाचन भयो । माओवादी ठूलो पार्टी भयो । प्रचण्ड प्रधानमन्त्री भए । तर प्रधानमन्त्री हुँदा प्रचण्डले साख बढाउनेभन्दा गिराउने काम गरे । कुनै उल्लेख्य कामै नगरी भावुक भएर पदबाट राजीनामा दिए । तत्कालिन प्रधानसेनापति रुकमाङ्गत कटुवालले आफ्नो जित ठाने ।

त्यसपछि क्रमशः खिइँदै गएको प्रचण्डको पाइनमा निखारता आउन सकेको छैन । वर्षैपिच्छे पार्टी फुट्दै गयो । हरेक जातलाई उचालेको परिणमस्वरुप आफैं खाडलमा फस्दै गए । संविधानसभाबाट संविधान जारी भएपछि फेरि प्रधानमन्त्री भएका छन् । यो कार्यकाल पनि ६ महिना भइसक्यो । दाहाल सरकार निर्वाचन कि संविधान संशोधन भन्नेमा नै दाहाल रुमल्लिरहेका छन् । मधेसी मोर्चाको माग सम्बोधन गर्नैपर्ने नैतिक दबावका बीच निर्वाचन पनि गराउनै पर्ने जिम्ेवारी उनको काँधमा छ ।

ओली नेतृत्वको सरकारमा सत्तासझेदार बनेको माओवादीले जुन कारण देखाएर सरकारलाई गरेको समर्थन फिर्ता लिएको थियो, त्यो कुनै काम प्रचण्डले गर्न सकेका छैनन् ।

बामपंथीबाटै राष्ट्रपति, उपराष्ट्रपति र सभामुखसँगै सरकारको नेतृत्व गरिरहेका बेला बापन्थीसागको साथ छाडेर कांग्रेसतिर सल्कनु दाहालका लागि मात्रै होइन, नेपाली कम्युनिष्ट आन्दोलनकै लागि घाटा हो । तर त्यसपछि पनि कुनै उल्लेख्य काम गर्न नसक्नुको पछाडि दाहाललाई भारतीय दबावको आरोप लाग्ने गरेको छ ।

मोर्चाको माग, सत्यनिरुपण तथा मेलमिलाप आयोगको काम, पार्टी फुटेका टुक्राहरु, आन्दोलित पूर्वलडाकूहरु, सबै सबैका कारण प्रचण्ड तनावमा छन् । जसकारण उनको पाइन खिइँदै गएको छ । प्रचण्डको खिइँदो पाइनकै मौका लुटेर ओलीमा राष्ट्रवादको उत्तेजना बढेको छ ।

देशलाई गुमराहमा नराख

ओलीको उत्तेजना र प्रचण्डको पाइन खस्कनु दुबै देशका लागि हानीकारक छ । किनकि, ओली उग्र नभई जारी राजनीतिक समस्या समाधान गम्भीर हुनुपर्छ । प्रचण्डको पाइन पनि यसरी खिइँनु हुँदैन । देशका लागि हानिकारकबाहेक मधेसी मोर्चाको माग सम्बोधन गरेर चुनावमा जानुको विकल्प छैन । अब पनि हाम्रा नेताले देशलाई सिक्किमीकरण हुनबाट जोगाए भनेर मख्ख पर्न सक्ने स्थिति छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment