Comments Add Comment

अफगान क्रिकेटरले पहिलो पटक आइपीएल खेल्ने, रसिद ४ करोडमा विके

९ फागुन, काठमाडौं । अफगानिस्तानका खेलाडीले पहिलो पटक इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएल खेल्ने भएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले एसियाका एसोसियट मुलुकका खेलाडीलाई खेलाउने निर्णय गरेको छ ।

सोमबार भइरहेको अक्सनमा अफगानिस्तानका पाँच र यूएईका एक गरी ६ खेलाडी समावेश भएका छन्, जसमा अफगानी राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा अलराउण्डर मोहम्मद नाभी र दायाँ हाते युवा लेग स्पिनर रसिद खानले आगामी अपि्रल ५ देखि सुरु हुने आइपिएल सिजन १० खेल्ने निश्चित भएको हो ।

दुवै अफगानी खेलाडीलाई सनराइजर्स हैदरावादले किनेको हो । १० लाख न्यूनतम मूल्य रहेका नाभी ३० लाख मा सनराइजर्स आवद्ध भए १० लाख नै न्युनतम मूल्य रहेका रसिद भने अप्रत्यासित रुपमा ४ करोडमा विकेका छन् । रसिदका लागि किंस इलाभेन पञ्जावसँग हैदरावादको रोमाञ्चक प्रतिस्पर्धा चलेको थियो ।

खेलाडी अक्सनमा यसपटक स्वदेशी तथा बिदेशी गरी ३५७ खेलाडी सामेल छन्, जसमा ६२ ब्याट्सम्यान, ११७ बलर, १४८ अलराउण्डर र २७ विकेटकिपर छन् । त्यस्तै एशोसियट मुलुकका ६ सहित २२७ नयाँ खेलाडी डेब्यु गर्न आतुर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment