Comments Add Comment

लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोको तेस्रो ब्रान्च पुल्चोक भाटभटेनीमा


१५ फागुन, काठमाडौं । लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोले ललितपुरमा आफ्नो तेस्रो शाखा विस्तार गरेको छ । कम्पनीले ललितपुर पुल्चोकस्थित भाटभटेनीमा संचालनमा ल्याएको शाखाको आइतबार चर्चित हास्यकलाकार सिताराम कट्टेल र कुन्जना घिमिरे अर्थात धुमुर्स-सुन्तीलले उद्घाटन गरेका हुन् ।

१७बर्षदेखि राजधानिमा संचालनमा रहेकोलक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोले काठमाण्डौको महाराजगञ्ज र कोटेश्वर भाटभटेनी पछि ललितपुरको भाटभटेनीमा शाखा विस्तार गरेको हो । यहाँबाट महिला तथा पुरुषले कपाल तथा सौन्दर्य सम्बन्धिसम्पूर्ण सेवाहरु लिन सक्नेछन् ।

बुटिक शैलीमा संचालनमा आएको ललितपुर शाखा पारीवारिक हेयर एण्ड ब्यूटी स्टुडियोे भएको स्टुडियोका अध्यक्ष लक्ष्मी ठाकुरले बताए । भाटभटेनी स्टोर पुलचोकको पछाडीतर्फको खुल्ला भागमा अकर्षक शैलीको डिजाइनमा तयार पारिएको स्टुडियोले एक पटकमा १५ जनालाई उत्कृष्ट सेवा प्रदान गर्न सक्ने छ ।

ललितपुर क्षेत्रका ग्राहकहरुको अत्यधिक मागका कारण यस क्षेत्रमा शाखा संचालनमा ल्याइएको स्टुडियोका अध्यक्ष ठाकुरले बताए । ‘बच्चादेखि वृद्धासम्म हाम्रा ग्राहक हुन, मध्यमवर्गदेखि उच्च घरानियासम्मका लागि लक्षित गर्दै हामीले स्टुडियो सञ्चालनमा ल्याएका हौं’ उनले भने ।

सन् १९९६ मा केही नयाँ काम गर्ने सोचका साथ भारतको मुम्बइमा चार वर्ष बसेर बसेर व्यवशायिक दक्षता हासिल गरी नेपाल आएका लक्ष्मी ठाकुर विगत १७ बर्षदेखि यो व्यवसायमा आबद्ध छन् ।


उनले नेपालको चलचित्र, सांगितिक क्षेत्रका ख्याती प्राप्त कलाकार तथा प्रख्यात मिडियाकर्मीहरुको कपाल नियमित रुपमा काट्दै आएका छन ।

उनी भन्छन् ‘अन्य मुलुकको तुलनामा सौन्दर्य तथा कपाल कटाई व्यवशायिक हुन नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै आगामी दिनमा अझै आक्रामक व्यवशायिक योजना लिएर आउँछौं । जसले सर्वसाधारणलाई यस किसिमको सेवामा अभ्यस्त बनाउन सकोस् ।’

व्यवशायिक प्रतिष्ठानको चेनका रुपमा स्थापित हुँदै आएको स्टुडियोले तीन शाखामा ४५ जनालाई रोजगारी समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment