Comments Add Comment

प्रदेश सरकारले अधिकारसमेत माग्न सकेन : कांग्रेस

५ चैत, विराटनगर । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रदेश सरकारले केन्द्रसँग अधिकार माग्न नसकेको टिप्पणी गरेको छ । प्रदेश १ कांग्रेस प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारको काम उपलब्धीविहीन नभएको बताए ।

संसद सचिवालयमा मंगलबार पत्रकार सम्मेलन गरी कार्कीले प्रदेश सरकारले घोषणा गरेको सय दिने कार्यक्रम पनि घोषणामै सीमिति भएको दाबी गरे । संघीय सरकारसँग अधिकार माग गर्ने सवालमा आफुहरु सहयोगी हुने प्रतिबद्धता जनाए पनि प्रदेश सरकारले आफ्ना अधिकार संघसँग माग्न नसकेको उनले बताए । उनले प्रदेश सरकारको भूमिकाप्रति आशंका गरे ।

दलका नेता राजिव कोइरालाले सभामुख र उपसभामुख एउटै दलको हुँदा प्रदेशसभा र सरकार स्वेच्छाचारी ढंगबाट चलेकोे बताए । मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै विकास बजेट थुपारेको र निर्माणको ठेक्कापट्टामा समेत पार्टी कार्यकर्ता र आफन्त पोस्ने काम भएको उनको आरोप छ ।

मुख्यमन्त्रीका नामबाट सुरु परियोजना लथालिंग अवस्थामा पुगेको र मुख्यमन्त्री स्वयमले नै बजेट एकीकृत गरेको, प्रदेश सरकारका कतिपय मन्त्रीहरुले नियुक्ति पत्र बिना आफ्ना आफन्तलाई मन्त्रालयमा खटाएको कांग्रेसको आरोप छ ।

एक वर्षसम्म मन्त्री मण्डल विस्तार गर्न नसकेको र संसदीय समितिलाई समेत नेतृत्वविहीन बनाउनु प्रदेश सरकारको कमजोरी भएको कांग्रेसको टिप्पणी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment