+
+
Shares

भ्वाइस अफ नेपाल सिजन ८ : ब्याटल अडिसनको छायांकन सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते १४:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘द भ्वाइस अफ नेपाल’ को आठौं सिजनमा आजबाट ब्याटल राउन्डको छायांकन सुरु हुने भएको छ।

काठमाडौं । चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को आठौं सिजन जारी छ । यस अन्तर्गत आजबाट ब्याटल राउन्डको छायांकन सुरु हुने भएको छ।

द भ्वाइस अफ नेपालको ब्लाइन्ड अडिसन सकिएको छ । चारै जना कोचले आ-आफ्नो समूहमा १६–१६ जना प्रतियोगी छनोट गरिसकेको कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।

यस सिजनका लागि गायक प्रमोद खरेल, गायिका मिलन नेवार, एकदेव लिम्बु र नरेन लिम्बु कोच रहेका छन् ।

निर्देशक पौडेलका अनुसार यसको आठौं भागसम्म टेलिभिजन तथा युट्युब च्यालनमा प्रसारण भइसकेको छ । बाँकी ४ भाग प्रसारण भएपछि ब्याटल राउण्डका भागहरू प्रसारण हुनेछन् ।

‘द भ्वाइस अफ नेपाल’ का शोहरू हरेक शुक्रबार र शनिबार राति ८ बजेबाट हिमालय टेलिभिजन र द भ्वाइस अफ नेपालको युट्युब च्यानलमा प्रसारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?