+
+

पुल्चोक क्याम्पसमा अनेरास्ववियुका दुई समूहबीच झडप

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २३ गते ११:५६

२३ फागुन, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मत परिणामलाई लिएर पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अनेरास्ववियुकै दुई समूहबीच झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेको छ भने केहीलाई पक्राउ गरेको छ ।

आइतबार क्याम्पस प्रशासनले १८ गते भएको स्ववियु निर्वाचनबाट विजयीहरुलाई बधाई दिन बोलाएको थियो । तर एक्कासी अनेरास्ववियुका दुई पक्षबीच झडप भयो ।

निर्वाचनमा आफ्नो समूहका उम्मेदवार पराजित भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओली खेमाका विद्यार्थीले आफूहरुमाथि आक्रमण गरेको नेपाल खेमाका विद्यार्थी नेताहरुले आरोप लगाएका छन् ।

ओली खेमाबाट सभापतिका उम्मेदवार भएका सुदीप चालिसेसहित तीन सदस्य पराजित भएका थिए भने माधव नेपाल खेमाबाट उम्मेदवारी दिएका ओमप्रकाश सचिवमा र प्रतिक न्यौपाने कोषाध्यक्षमा निर्वाचित भएका थिए । ओली खेमाले हार स्वीकार्न नसकेर आक्रमणमा उत्रिएको नेपाल पक्षको आरोप छ ।

अनेरास्ववियुको गटगत बिभाजनको कारण स्ववियु सभापतिमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका रोशन थापामगर विजयी भएका थिए ।

दुई खेमाबीच आइतबार क्याम्पस हाताभित्रै हानाहान भयो । स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले लाठीचार्ज गरी केही विद्यार्थीहरुलाई नियन्त्रणमा लिएको थियो । प्रहरीको लाठी चार्जबाट नेपाल खेमाका विद्यार्थी सुमन केसी घाइते भएका छन् ।

प्रहरीले ओली खेमाका सुदीप चालिसे, सुशील ताजपुरिया, नविन विष्ट, सुरक्षित ज्ञवाली, सौरभ प्रसाईँ, सुवोध अधिकारी लगायतलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?