Comments Add Comment

ओलीको नजरमा कांग्रेसः आकार भैंसी जत्रो तर, बाख्राले जति पनि भारी बोक्न नसक्ने !

'चुनाव नगरे सरकारको खैरियत छैन'

३ चैत, महेन्द्रनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तोकिएकै समयमा स्थानीय चुनाव गराउन एमालेले सबै शक्ति लगाउने बताएका छन् ।

महेन्द्रनगरमा आयोजित मेची-महाकाली अभियानको अन्तिम सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘तोकिएको मितिमा चुनाव हुनुपर्छ, नत्र यो सरकारको खैरियत छैन ।’

देशको ठूलो पार्टी नेपाली कांग्रेस दिशाहीन र विचारबाट च्यूत भइसकेको भन्दै उनले चाँडो चुनाव गरेर एमालेले नेतृत्व लिनुपर्ने जनताको माग आएको दाबी गरे । उनले भने, ‘पार्टी ठूलो हुँदैमा पनि नहुने रहेछ, कांग्रेसलाई हेर्नुस् आकार भैंसीको जत्रो छ तर, भारी बाख्राले जति पनि बोक्न सकिरहेको छैन ।’

सभालाई सम्बोधन गर्दै बरिष्ठ नेता माधवकुमार नेपालले एमालेको जनलहरबाट आत्तिएर सत्तारुढ दलहरु चुनावबाट भाग्ने कोशिस गरिरहेको आरोप लगाए । उनले भने, ‘चुनावबाट भाग्न खोज्ने आशंका हामीलाई छ, चुनाव गराउन नसक्ने हो भने कुर्सी छाड्नुस्, एमालेले चुनाव गराउँछ ।’

यदि निर्धारित मितिमा चुनाव भएन भने देश संवैधानिक राजनीतिक संकटमा फस्ने उनले बताए ।


‘मधेसमा लासको राजनीति’

एमाले नेताहरुले तराई मधेसमा लासको राजनीति गर्नेहरुबाट जोगिन जनतालाई आह्वान गरेका छन् । अभियानका क्रममा ५ जनाको ज्यान जाने गरी सप्तरीमा भएको घटना एमालेको सिंगो नेतृत्वको हत्या गर्ने उद्देश्यबाट गराइएको नेताहरुले बताए ।

एमालेको कार्यक्रम हुन नदिन बम र बन्दुक बोकेर हमला गर्ने र गरीब मधेसीका छोरा छोरीलाई मराउने काम भइरहेको भन्दै ओलीले यहि निहुँमा द्वन्द्वको अवस्था सिर्जना गर्न खोजिएको बताए ।

उनले भने, ‘काठमाडौंका आलिसान महलका सोफामा बसेर फोनका भरमा गरीबका छोरा-छोरीलाई बम र ढुगा बोकाएर प्रहरीसँग भिड्न पठाउने, एमालेका नेताको हत्या गर्न फरमान जारी गर्नेहरु जनता मराएर लासको राजनीति गर्न खोज्दैछन् । देशलाई नयाँ खाले द्वन्द्वमा धकेल्न खोज्दैछन्, एमाले यसमा सचेत छ ।’

यो पनि पढ्नुहोस्

कञ्चनपुर पुगेर ओलीले भने- गोविन्द गौतम हत्यामा भारतले माफी माग्नुपर्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment