Comments Add Comment

यूट्यूबबाट धमाधम विज्ञापन झिक्दै ठूला कम्पनीहरु

ठूला कम्पनीहरुले यूट्यूवबाट आफ्नो विज्ञापन झिक्ने सिलसिला बढ्दै गएको छ । आपत्तिजनक विषयवस्तुको भिडियोसँगै आफ्नो विज्ञापन देखाइएको भन्दै उनीहरुले यो कदम चालेका हुन् ।

पेप्सिको, वालमार्ट स्टोर्स र स्टारबक्सले यूट्यूबमा आफ्नो विज्ञापन रद्द गरेको शनिबार पुष्टि गरेका हुन् । गुगलको अटोमेटेड प्रोग्रामले उनीहरुको ब्रान्डको विज्ञापन नस्लीय सामग्रीयुक्त पाँच भिडियोसँगै प्रदर्शन गरेको रिपोर्ट वाल स्ट्रीट जर्नलले प्रकाशित गरेपछि उनीहरुले यस्तो निर्णय लिएका हुन् ।

योभन्दा अघि एटीएन्डटी, वेरिजोन, जोन्सन एन्ड जोन्सन, फक्सवेगन र अरु थुप्रै कम्पनीहरुले यूट्यूबबाट आफ्नो विज्ञापन झिकेका थिए । ब्रान्ठहरुको छवी बिगारेकोमा गूगलले माफीसमेत मागेको थियो र आपत्तिजनक भिडियोसँगै उनीहरुको विज्ञापन नदेखाउनका लागि कदम चाल्ने दावी गरेको थियो । यसका बाबजुद विज्ञापन फिर्ता लिने सिलसिला जारी छ ।

गूगल, यूट्यूब भिडियोमा विज्ञापन राख्नका लागि अटोमेटेड प्राग्राममा निर्भर रहन्छन् । यूट्यूबमा प्रत्येक मिनेट करिब ४ सय घन्टाको भिडियो अपलोड हुन्छ । कम्पनीले भिडियोको समीक्ष गर्न तथा कम्प्यूटरबाट अति खराब भिडियो पत्ता लगाउनका लागि एकदमै प्रभावकारी प्रोग्राम विकास गर्ने दावीसमेत गरेको छ । तर, विज्ञापनदाताहरुको भनाई छ कि जबसम्म गूगलले स्थितिलाई नियन्त्रणमा लिन सक्दैन, तबसम्म उनीहरुले आफ्नो विज्ञापन यूट्यूवमा दिने छैनन् ।

वालमार्टले एक विज्ञप्तिमा भनेको छ, ‘जुन सामग्रीसँग हामीलाई जोडिएको छ, तिनीहरु घटिया छन् र हाम्रो कम्पनीको मान्यताविरुद्ध छन् ।’

वालमार्ट, पेप्सिको र अन्य थुप्रै कम्पनीहरुले भनेका छन् कि उनीहरुले यूट्यूबबाट विज्ञापन रोक्नुका साथै ती वेवसाइटहरुमा पनि विज्ञापन दिन बन्द गर्नेछन् जहाँ गूगलले आफ्नो विज्ञापन राख्ने गर्छ । यदि गूगलले विज्ञापनदाताहरुलाई फकाउन सकेन भने उसलाई अरबांै डलरको नोक्सानी हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment