Comments Add Comment

विवेकशील नेपालीले आवेदनमार्फत काठमाडौंको उम्मेदवार छान्ने

१४ फागुन, काठमाडौं । विवेकशील नेपाली दलले आगामी स्थानीय निर्वाचनमा “खुल्ला उम्मेदवार नीति” अनुरुप उम्मेदवारहरु छनोट गर्ने भएको छ ।

यो नीति पहिलो चरणमा काठमाडौं महानगरपालिकामा लागू गरिने उसले बताएको छ । विवेकशीलले उमेदवार छनौटमा भाग लिन चाहाने आकांक्षीहरुका लागि फारम उपलब्ध गराउनेछ । पहिलो चरणमा बहुमत स्वतन्त्र र विवेकशील नेपाली दलका प्रतिनिधि सहितको निर्णायक समितिबाट आवेदकको मूल्याङ्कन गरी प्रारम्भिक सिफारिस गर्नेछ ।

दोश्रो चरणमा सम्भावित उम्मेदवार प्रतिको जनसमर्थन, दलको मूल्य मान्यतासँग निजको आचरणको मेल, नीतिगत र कार्यगत स्पष्टता र अन्तरवार्ताको आधारमा मूल्याङ्कन गरी पार्टीलाई उम्मेदवारको लागि अन्तिम सिफारिस गर्नेछ ।

उम्मेदवारका लागि आवेदन दिनेले व्यक्तिगत विवरणका साथै उम्मेदवारी दिनुको कारण, निर्वाचित भएमा गर्ने मुख्य पाँच काम र आफूलाई उम्मेद्वार छान्न सर्व-साधारणमा अपिल पेश गर्नु पर्नेछ । ‘यो नीति आम नागरिकका अपेक्षा र नागरिकमै आधारित नेतृत्व निर्माण गर्ने दिशामा एक कोसेढुंगा हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ, विवेकशील नेपाली दलले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment