Comments Add Comment

चीनको ‘वान बेल्ट वान रोड’मा न्युजिल्याण्डले गर्‍यो हस्ताक्षर

तस्वीर: एएफपी

१५ चैत, न्युजिल्याण्ड । चीनको वान बेल्ट वान रोड (ओबिओआर) अवधारणा अन्तरगत सहकार्य सम्झौतामा हस्ताक्षर गर्ने न्युजिल्याण्ड पहिलो पश्चिमी राष्ट्र बनेको छ । चिनियाँ प्रधानमन्त्री ली खछियाङको तीनदिने न्युजिल्याण्ड भ्रमणमा क्रममा सम्झौतामा हस्ताक्षर भएको हो ।

ली र न्युजिल्याण्डका प्रधानमन्त्री बिल इंग्लिसको उपस्थितिमा एमओयूमा हस्ताक्षर भएको थियो । यसले दुई देशबीच रहेको सम्वन्धलाई नयाँ उचाईमा पुर्‍याएको विश्लेषणसमेत गरिएको छ ।

‘यो अत्यन्त राम्रो सुरुवात हो, न्युजिल्याण्ड अमेरिकाको निकट मित्रका रुपमा चिनिन्छ । तर, अहिले उसको निर्णय प्रक्रिया बढ्दोरुपमा स्वछन्दतातर्फ उन्मुख छ र चीनसँग कसरी व्यवहार गर्ने भनेर पश्चिमा मुलुकहरुलाई सिकाउन यसले एउटा राम्रो उदाहरण पेश गरेको छ,’ चीनको रेनमिनमा अवस्थित सेन्टर फर इन्टरनेसनल स्टडिजका निर्देशक वाङ यीवेइले भने ।

उनले थपे, ‘वान बेल्ट वान रोडमा मात्र नभएर अन्य कुनै पनि क्षेत्रहरुमा चीनसँग सहकार्य गर्ने पश्चिमा मुलुकको सुचीमा न्युजिल्याण्ड अगाडि छ ।’

ईंग्लिस र न्युजिल्याण्डका प्रशासनिक सुधार तथा आविष्कार मन्त्री पाउल गोल्डस्मिथले बेइजिङमा मे महिनामा आयोजना हुने बेल्ट एन्ड रोड सम्मेलनमा भाग लिनेछन् ।

ईंग्लिससँगको संयुक्त पत्रकार सम्मेलनमा लीले भने, ‘दुई देशबीच सूचना आदान-प्रदानलाई व्यवस्थित गर्न विभिन्न क्षेत्रमा द्वीपक्षीय समन्वयका सम्भाव्यता खोजी गर्न चीन र न्युजिल्याण्ड सहमत भएका छन् ।’

दुई देशबीच उनीहरुको स्वतन्त्र व्यापार सम्झौतालाई नविकरण गर्ने पनि सहमति भएको सिन्ह्वाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment