Comments Add Comment

सामसुङका दुई नयाँ फोनः यी हुन् तपाईँलाई निराश बनाउने ५ कुरा

ग्यालेक्सी नोट सेभेनबाट ठूलो असफलता ब्यहोरेको सामसुङले सामसुङ एस८ र एसए८ प्लस नामक दुईवटा नयाँ मोडलका स्मार्टफोन सार्वजनिक गरेको छ ।

नोट सेभेनमा समावेश गरिएका तर उपभोक्ताले प्रयोग गर्न नपाएका केही फिचरहरु यी दुई मोडलका स्मार्टफोनमा राखिएका छन् । ग्यालेक्सी एस सेभेन र सेभेन एजमा भन्दा केही सुधारिएका फिचर समावेश छन् ।

तर, हेर्दा आर्कषक यो फोनका केही फिचरका कारण भने तपाइ निराश हुनुहुनेछ । सामसुङले केके फिचरमा उपभोक्तालाई निराश बनायो त ? आउनुस् चर्चा गरौं ।

१. क्यामेरा

 

यदि तपाइले सामसुङ ग्यालेक्सी एस८ र एसएट प्लसका क्यामेरामा महत्वपूर्ण अपडेटको अपेक्षा गर्नुभएको छ भने यसले तपाइलाई निराश बनाउने छ । यो फोनमा ग्यालेक्सी एस सेभेनकै जस्तो क्यामेरा प्रयोग गरिएको छ ।

सामसुङले उन्नत गुणस्तरको इमेज प्रोसेसिङ प्रयोग गरे पनि डुअल क्यामेरा सिस्टमका अन्य प्रतिस्पर्धीसँग ग्यालेक्सी ८ सेरिजका फोनमा प्रयोग गरिएको क्यामेराले प्रतिस्पर्धा गर्न सक्दैन । यदि तपाइ फोनलाई क्यामेराका रुपमा प्रयोग गर्न चाहानुहुन्छ भने अरु नै विकल्पतिर ध्यान दिनु उचित हुनेछ ।

२. ब्याट्री

[sam_list] सामसुङले ब्याट्रीमा पनि कुनै अपग्रेड गरेको छैन् । अर्थात् यी दुई फोनबाट अतिरिक्त घण्टा टिक्ने ब्याट्रीको अपेक्षा पुरा हुन सक्दैन् । यी एचडी स्क्रिन चलाउन अतिरिक्त पावर चाहिन्छ नै तर, सामसुङले ग्यालेक्सी ७ कै साइजमा ब्याट्री राखेको छ । प्रतिस्पर्धी अन्य ब्राण्डहरु जियोनी र ओप्पोले ठूलो साइजका ब्याट्रीको छनौट दिइरहेका बेला सामसुङले एस ८ का प्रयोगकर्तालाई निराश बनाएको छ ।

३. ४ जीबी र्‍याम

बजारमा टप क्लास स्मार्टफोनहरुले ६ जीबी र्‍यामका स्मार्टफोन उपलब्ध गराउन सुरु गरिसक्दा पनि सामसुङ भने चार जीबी र्‍याममै अडकिएको छ । स्मार्टफोन केवल फोन मात्र हैन, हामी यसबाटै फोटो खिच्छौं र सम्पादन गर्छौं, भिडियो स्टि्रमिङ गर्छौं र गेम पनि खेल्छौं । त्यसैले चार जीवी र्‍याम टप लेभल स्मार्टफोनका लागि पक्कै पनि पर्याप्त हैन् । यसले प्रयोगकर्तालाई निराश बनाउँछ ।

४. असजिलो फिंगरप्रिन्ट

 

ग्यालेक्सी एस८ र एट प्लस स्मार्टफोनमा फिंगरपि्रन्ट सेन्सर साविक स्थानबाट भागबाट हटाएर क्यामेराको छेउमा लगिएको छ । स्किनको तल्लो भागमा रहेको होम स्क्रिनमै फिंगरपि्रन्ट प्रयोग गरिरहेका सामसुङका लोयल प्रयोगकर्ताहरु नयाँ स्मार्टफोन फिंगरप्रिन्ट प्रयोग गर्न असजिलो महसुस गर्नेछन् । अरुले भन्दा फरक गर्ने नाममा सामसुङले धेरै प्रयोग भइरहने फिचरलाई असजिलो स्थानमा सारिदिएको छ । यो सामसुङको स्मार्ट मुभ हैन ।

५. महंगो मूल्य

अनलक गरिएको सामसुङ एस ८ र एट प्लस मूल्यमा प्रतिस्पर्धी छैन् । नयाँ प्रयोगकर्ताहरुले धेरै पि्रमियम मूल्य तिरेर मात्रै यी फोन प्रयोग गर्न पाउनेछन् । एस८ को मूल्य ७ सय ५० अमेरिकी डलर र एट प्लसको मूल्य ८ सय ५० अमेरिकी डलर पर्नेछ । फोन सेवा प्रदायकहरुले इन्स्टलमेन्टमा दिँदा मासिक रुपमा केही सस्तो परे पनि नेपालजस्तो मुलुकमा अनलक गरिएको फोन प्राप्त गर्न झण्डै १ लाख हाराहारी पर्ने छ ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment