Comments Add Comment

प्रहरीले तोडेको ताला मोर्चाले पुनः लगायो

फेरि तोडे प्रहरी प्रशासनबिरुद्ध नै आन्दोलन गर्ने चेतावनी

१७ चैत, सप्तरी । स्थानीय तह पुर्नसंरचना मान्य नभएको तथा संविधान संशोधन नगरी सिधै निर्वाचन गराउन खोजेको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले स्थानीय तहको कार्यालयमा लगाएको ताला प्रहरीले खोलेपछि केहि बेर तनाव उत्पन्न भएको छ ।

मोर्चाले जिल्ला समन्वय समिति र राजविराज नगरपालिकामा लगाएको ताला प्रशासनले प्रहरी मार्फत तोडाउन लगाएपछि केहि बेर तनाव उत्पन्न भएको हो । प्रहरीले ताला ततोडे लगत्तै मोर्चा कार्यकर्ताहरुले समन्वय कार्यालय तोडफोड गरेका छन् । तोड्फोडबाट कार्यालयको झ्यालका केही सिसाहरु फुटेको छ ।

प्रहरीले ताला तोडेलगत्तै मोर्चा नेताहरुले पुनः ताला लगाएको छ । मोर्चाले अब ताला तोड्ने प्रयास भए प्रहरी प्रशासनबिरुद्ध नै आन्दोलनमा उत्रनुका साथै जिल्लास्थित सरकारी कार्यालयहरुमा हुने क्षतिको जिम्मेवार स्वयम् स्थानीय प्रशासन हुने चेतावनी दिएको छ ।

मोर्चाको बिहीबारै बसेको बैठकले जिविस र राजविराज नगरपालिकाको कार्यालयमा लगाएको ताला तोडेकोप्रति खेद व्यक्त गरेको छ । मोर्चाले जिल्लाको समन्वय समितिका साथै १७ वटै स्थानीय तहको कार्यालयमा ताला लगाएको छ ।

मोर्चाको बैठकले स्थानीय निकायको नयाँ संरचना अनुसार कुनै पनि कामकाज नगर्न नगराउन जिल्लाका विभिन्न स्थानीय निकायका प्रमुख एवं गाविस सचिवहरुलाई आग्रह गर्ने निर्णय गरेको मोर्चाका कार्यबाहक संयोजक सतिश सिंहले बिज्ञप्ति मार्फत् जानकारी गराएका छन् ।

पुरानो संरचना अनुसारको राजश्व, रजिष्ट्रेशन तथा अन्य शुल्क नलिए कार्यालयमा तालाबन्दी गर्ने निर्णय भएको सिंहले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment