Comments Add Comment

काठमाडौंको मेयरमा विवेकशीलकी २१ बर्षे रञ्जु दर्शनाको उम्मेदवारी घोषणा

५ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा विवेकशील नेपाली दलकी रन्जु दर्शनाले उम्मेदवारी घोषणा गरेकी छन् ।

मेयरमा २१ वर्षीया दर्शनालाई उम्मेदवार बनाउने निर्णय भएको विवेकशीलले जनाएको छ । उपमेयर, वडाध्यक्ष र सदस्यको उम्मेदवार भने पछि तय गरिनेछ ।

विवेकशील नेपाली दलले भनेको छ, काठमाडौंलाई संसारकै सुन्दर सहर बनाउने सपनालाई आत्मसात गर्न र त्यस अभियानको नेतृत्व गर्न उर्जाशील युवा पुस्ता नै सबैभन्दा बढी उपयुक्त हुने भएकाले उनलाई चयन गरिएको हो ।’

२०५२ सालमा काठमाडौँमा जन्मिएकी रन्जु स्नातक तह अध्ययनरत छिन् । तीन वर्षअघि विवेकशीलसँग जोडिएकी उनी डा गोविन्द केसीको समर्थनमा भएका आन्दोलनमा पनि सक्रिय थिइन् ।

मेयरदकी उम्मेदवार रन्जु दर्शनाले राजनीतिक सिन्डिकेटलाई तोड्ने र काठमाडौँलाई संसारकै सुन्दर बनाउन योजना रहेको बताइन् ।

‘हामीले तयार पारेको सपना र मार्गचित्र काठमाडौँबासीको हो जसलाई तयार पार्न हामीले यहाँका हजारौं मतदाताको सल्लाह र सुझावलाई महिनौं लगाएर संकलन गरेका थियौं । हामी सबै मिलेर नै काठमाडौँलाई संसारकै सुन्दर बनाउन सक्छौं जुन हासिल गर्न तपाईंहरूको सहयोग र समर्थन पाउने अपेक्षा राखेकी छु’ उनले भनिन् ।

हालै मात्र साझा पार्टीले काठमाडौंको मेयरमा पूर्वसचिव किशोर थापालाई उम्मेदवार बनाउने घोषणा गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment