Comments Add Comment

जापानमा भएको तेक्वान्दो प्रतियोगितामा कुईकेल र श्रेष्ठले जिते स्वर्णपदक

२५ अप्रील, जापान । जापानको ओसाकामा सम्पन्न १५ औं वाटा जापान ओपन तेक्वान्दो च्याम्पियनसिपको अन्तराष्ट्रिय प्रतियोगितामा दुई जना नेपाली खेलाडीहरुले स्वर्ण पदक जितेका छन् ।

२५ केजी तौल समूहमा विभिन्न १६ देशका २९ जना खेलाडीहरुलाई पराजित गर्दै नेपाली खेलाडी १० वर्षीय प्रजुन कुइकेलले स्वर्ण पदक हात पारे ।

यस्तै १६ देशका २७ खेलाडीहरुलाई पराजित गर्दै २९ केजी तौल समूहमा १० वर्षकै विवेक श्रेष्ठले स्वर्ण पदक हात पारेका छन् ।
कुइकेलले फाइनलमा कजाकिस्तानलाई हराउदै स्वर्ण पदक हात पारेका हुन् भने श्रेष्ठले फाइनलमा मकाउलाई हराउदै स्वर्ण पदक हात पारेका हुन ।

त्यसैगरी तिलक लामा ७४ केजी मुनिको तौल समूहमा फाईनलमा हङ्कङका खेलाडीसँग पराजित भई दोश्रो पदक हात पार्न सफल भएका छन ।

स्वर्ण पदक विजेता बिबेक श्रेष्ठले पुम्से विधामा पनि कास्य पदक जितेका छन । १० बर्षकी प्रगति कुइकेलले मलेसियालाई हराउदै सेमिफाइनल पुगेपनि फाइनलमा जापानसँग पराजित हुँदै कास्य पदक हात पारेकी छ्न् ।

स्वर्ण पदक विजेता बिबेक श्रेष्ठले जूनियर तर्फ उत्कृष्ट खेलाडीको उपाधिसमेत हात पारेका छन् ।

बिभिन्न विधामा गरी जम्मा ५०० खेलाडीले भाग लिएको प्रतियोगितामा स्थानीय सहयोग एनआरएन कान्साइका निवर्तमान अध्यक्ष तथा क्योउदाइ रेमिटान्स -आइ.एम.इ.) कान्साईका प्रमुख नरेन्ऽ बस्नेतले गरेका थिए ।

बिजयी खेलाडीहरु र टिमलाई अप्रील २४ तारिखमा ओसाकामा एन.आर.एन कान्साइले बधाई ज्ञापन गरेको छ ।

नेपाली टिमको प्रशिक्षकमा एनटीएका अध्यक्ष अशोक खड्का व्यवस्थापकमा युनिटी तेक्वान्दो एकेडेमी, हङकङका अध्यक्ष दिल गुरुङ रहेका रहेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment