काठमाडौं । लेखक जितेन्द्र रसिकको अङ्ग्रेजी बालकथा सङ्ग्रह ‘एङ्ग्री बर्ड’ बजारमा आएको छ ।
सङग्रहमा शीर्ष कथा ‘एङ्ग्री वर्ड’, ‘फ्रेण्डसिप विथ रोवोर्ट’, ‘लाफिङ पेन एण्ड विपिङ कपी’, ‘कैले एण्ड सिँगौरी’ लगायत ११ वटा कथा समेटिएका छन् । कथाहरुको चित्रांकन प्रज्वल थापाले गरेका छन् ।
बालबालिकाको मनोविज्ञान बुझेर आधुनिक समय अनुसारका कथाहरु आफूले पस्किएको कथाकार रसिकले बताएका छन् । ‘बजारमा बालबालिकाका लागि नेपाली परिवेशका अंग्रेजी कथा त्यति देखिनँ’, उनले भने, ‘त्यो अभाव पूरा गर्न एङ्ग्री बर्ड ल्याएको हुँ ।’
स्वदेश प्रकाशनले प्रकाशन गरेको ६४ पृष्ठको यो बालकथासङ्ग्रहको मूल्य एक सय रुपैयाँ राखिएको छ । केही समयअघि मात्रै ‘लज्जावती’ उपन्यास ल्याएका रसिकले बालकथा, गजल लगायतका कृति प्रकाशन गरिसकेका छन् । यो उनको सातौं कृति हो ।