+
+

गोरखामा ८० प्रतिशत मत खस्यो, छिटपुटबाहेक निर्वाचन शान्तिपूर्ण

 बिकास मरहट्टा बिकास मरहट्टा
२०७४ वैशाख ३१ गते १६:५१

 

३१ बैशाख, गोरखा । स्थानीय तह निर्वाचनको मतदान अन्तरगत गोरखामा ८० प्रतिशत मत खसेको छ ।

जिल्ला निर्वाचन कार्यालयका जिल्लाभरमा ८० प्रतिशत मत खसेको हो । अहिले पनि मतदाताको उत्साहजनक सहभागीता रहेको छ ।

निर्वाचन कार्यालयका राजेन्द्र प्रसाद पोखरेलका अनुसार बैदेशिक रोजगारीका कारणा ८० प्रतिशतमात्र मतदान भएको हो ।

छिटपुट घटना

अधिकांश मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेपनि केही केन्द्रमा भने सामान्य विवाद देखिएको छ ।

विवादका कारण केही समय मतदान प्रक्रिया केही बेर रोकिएको थियो । शहिद लखन गाउँपालिका वडा नम्वर ८ मैलुङको रामेश्वरी माविमा नेपाली कांग्रेस र नयाँ शक्तिबीच केहीबेर विवादसँगै झडप भएको हो ।

त्यस्तै गण्डकी गाउँपालिकाको फुजेलमा रहेको भैरवाश्रम माविमा नयाँ शक्ति र माओवादीबीच झडप भएको थियो । झडप हुँदा केही समय मतदान प्रक्रिया रोकिएको मतदान अधिृकत खिलाराज खकुरालले बताए ।

मतहाल्न सक्ने व्यक्ति हुँदाहुँदै प्रतिनिधि पठाएर भोट हाल्न खोजेको भन्दै विवाद भएको खकुरालको भनाइ छ ।

अहिले दुवै केन्द्रको अवस्थ सामान्य रहेको र मतदान प्रक्रिया सुचारु भइरहेको छ । अन्य मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?