+
+

केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ४ गते १६:०७

४ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभा विघटनको लाइनमा रहेको आरोप लगाएका छन् ।

शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसद् विघटन गर्ने लाइनमा हुनुहुन्छ । उहाँ पहिले आफूले विघटन गरेको निर्णय सही थियो भन्ने लाइनमा फेरि जान चाहनुभएको छ’ शाहीले भने

संसद् चल्न नदिएर प्रतिनिधि सभालाई विघटनतर्फ लैजान एमाले अध्यक्ष ओली उद्यत रहेको उनको आरोप छ ।

‘उहाँलाई स्पष्ट थाहा छ । संसद् अवरुद्ध भएर बजेट आएन भने संसद् विघटन हुन्छ । त्यसैको भूमिका खेल्नुभएको हो,’ शाहीले भने ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लगाउँदै आएको छ । यस सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग कांग्रेसको छ ।

संसद् खुलाउन गृहमन्त्री लचिलो रहेको तर, एमाले अध्यक्ष ओली लचिलो नभएको भन्दै उनले यस्तो आरोप लगाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?