५ जेठ,काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेसले बिजय हासिल गरेको छ । शुक्रवार अपरान्ह सम्पन्न मतगणनामा नेपाली कांग्रेसका सन्तोष चालिसे ९००९ मत प्राप्त गरि मेयरमा निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका पुन्यप्रसाद चौलागाईले ७५९५ मत प्राप्त गरेका छन् । उपमेयरमा पनि कांग्रेसकै शान्ति नेपाल बिजयी भएकी छन् । उनले ८५९५ मत प्राप्त गर्दा एमालेकी शान्ति श्रेष्ठले ८०६२ मत प्राप्त गरिन् ।
यो सहित अब काठमाडौंका १० नगरपालिकामध्ये ४ नगरको परिणाम आएको छ । चार मध्ये एमालेले शंखरापुर र टोखामा बिजय हासिल गरेको छ भने कांग्रेसले गोकर्णेश्वर र दक्षिणकालीमा जितेको छ ।
गणना भइरहेका अन्य ६ नगरपालिकामध्ये बुढानिलकण्ठ,तारकेश्वर र किर्तिपुरमा एमालेले अग्रता लिएको छ । चन्द्रागिरी,नागार्जुन,कागेश्वरी मनहरामा कांग्रेसले अग्रता लिइरहेको छ ।