Comments Add Comment

बदर मत घटाउन दलहरु चनाखो हुनुपर्ने

१५ जेठ, नेपालगन्ज । स्थानीय तह निर्वाचनमा मत बदर हुन नदिन उम्मेदवार आफैले मतदाता शिक्षालाई मतदाताको घरसम्म पुर्‍याउनु पर्ने नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।

क्षेत्रीय निर्वाचन कार्यालय नेपालगन्जले सोमबार नेपालगन्जमा आयोजना गरेको राजनीतिक दल तथा सरोकारवालाहरुसंगको अन्तरक्रियामा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै बाँकेका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश तेज नारायण पौडेलले उम्मेदवार आफैले आफ्नो मतको सुरक्षा गर्नको लागि मत माग्न जाँदा मतदातालाई मत हाल्ने तरिका सिकाउन आवश्यक रहेको बताए ।

उनले मतदातालाई मत जाहेर गर्ने तरिका सिकाउन नसक्दा खसेको मत बदर हँुदा जित्ने उम्मेदवार हार्ने र हार्ने उम्मेदवार जित्ने हुँदा मतदाता शिक्षालाई प्रचार अभियानसंगै लैजान समेत सुरझाव दिए ।

निर्वाचनलाई स्वच्छ र पारदिर्शता बनाउने आचारसंहिता नै प्रमुख वस्तु भएकोले आचारसंहिता पालना गर्दै निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सबै राजनीतिक दललाई सहयोग गर्न आग्रह गरे ।

बाँकेका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला निर्वाचन व्यवस्थापन कार्यान्वयन समिति संयोजक रबिलाल पन्थले बाँकेमा हुने निर्वाचनमा सबैको सहभागिता रहने गरी तयारी गरीएको जानकारी दिए ।

उनले सबै मतदान केन्द्रलाई सुरक्षाको दृष्टिले सजग बनाईएको र आवश्यक परेको १० मिनेटमै सुरक्षा निकाय घटनास्थलमा पुग्ने गरी व्यवस्थापन गरीएको बताए ।

बाँकेका स्थानीय विकास अधिकारी हरी प्याकुरेलले मतदाता शिक्षालाई आम मतदाताको घर-घरमा पुर्‍याउनको लागि मतदाता शिक्षाको कार्यक्रम लिएर मतदाता सहजकर्ताहरु खटेको भए पनि राजनीतिक दलले पनि सहयोग गर्दा मत सुरक्षित हुने बताए ।

क्षेत्रीय निर्वाचन अधिकारी बसन्तराज अधिकारीले आयोगले मतदाता शिक्षाको लागि विभिन्न चरणको मतदाता साक्षरता कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।

उनले आयोगले थारु, अवधी, उर्दू लगायतका भाषामा समेत मतदाता शिक्षाका समग्री तयार गरेर मतदाता शिक्षाको लागि अभियानकर्ताहरु कार्य क्षेत्रमा लागेको जानकारी दिए ।

यसैबीच आयोगले नेपालगन्जमा राजनीतिकदलका कार्यकर्ताहरुलाई मतदाता शिक्षा अनुशिक्षण पछि गराईएको नमूना मतदानमा ३ म तबदर भएको छ ।

क्षेत्रीय निर्बाचन अधिकारी बसन्तराजले दिएको जानकारी अनुसार खसेको ४८ मतमा ३ मत बदर भएको हो । यसैगरी बाँकेका नरैनापुर गाउँपालिकाको नरैनापुरमा गरिएको नमूना मतदानमा खसेको ६० मतमा १ मत बदर भएको र यसैगरी खजुरा गाउपालिकाको उढरापुरमा गरिएको नमुना मतदानमा ४७ मत खसेकोमा ३ मत बदर भएको थियो ।

राजपाका स्थानीय नेता पनि सहभागी

निर्वाचन आयोगले नेपालगन्जमा सोमबार आयोजना गरेको मतदाता शिक्षा अनुक्षण पछिको नमूना मतदानमा निर्वाचनमा भागै नलिने भनेर आन्दोलन घोषणा गरेको राजपा नेपालका स्थानीय नेता पनि नमूना मतदानमा सहभागी भएका छन् ।

तराई मधेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष केशवराम बर्मा र राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका जिल्ला अध्यक्ष लक्ष्मीनारायण बर्माले पनि नमूना मतदानमा भाग लिएर मतदान गरेका थिए ।

कार्यक्रममा राजमोका गौरीलाल कार्की, नेमकिपाका रशिद अहमद सिद्दिकी, परिवार दलकी जिल्ला अध्यक्ष लक्ष्मी बस्नेतलगायतका नेताहरुले सो मतदान प्रकृयामा भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment