Comments Add Comment

युनिक हाइडेलले २२ करोड रुपैयाँको सेयर जारी गर्ने


६ असार, काठमाडौं । युनिक हाइडेल कम्पनी लिमिटेडले पहिलो चरणमा प्रभावित क्षेत्रका बासिन्दाको लागि ५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ ।

कम्पनी यसको लागि अनुमती माग्दै धितोपत्र बोर्ड पुगेको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

दोस्रो चरणमा कम्पनीले सर्वसाधारण, सामूहिक लगानी कोष र कर्मचारीको लागि करिब १६ करोड ५० लाख रुपैयाँ बराबरको सेयर जारी गर्नेछ ।  कम्पनीको हाल ४.२ मेगावाटको बराम्ची खोला जलविद्युत् आयोजना सञ्चालनमा रहेको छ ।

सिन्धुपाल्चोकमा रहेको यो आयोजनाको यसअघिको उत्पादन क्षमता १ मेगावाट रहेको थियो । बिसं २०६७ मा यो आयोजनाको स्तरोन्नती गरिएको हो ।

२०७२ मा गएको भूकम्पले आयोजना प्रभावित भएको थियो भने त्यसपछिको पहिरोले पनि केही समय आयोजना बन्द हुन पुगेको थियो । गत बैशाख १७ गतेबाट भने आयोजनाले नियमित विद्युत् उत्पादन गरिरहेको छ ।

ज्ञानेन्द्रलाल प्रधानको लगानी रहेको हाइड्रो सोलुसन्स प्रालीको कम्पनीमा सेयर स्वामित्व रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment