Comments Add Comment

दार्जीलिङः सर्बदलीय बैंठकमा भाजपा र कांग्रेस पनि, हड्ताल जारी राख्ने निर्णय

६ असार, काठमाडौं । दार्जीलिङमा आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले आहृवान गरेको सर्बदलीय बैठकमा कांग्रेस र भारतीय जनता पार्टी पनि सहभागी भएको छ । साथै प्रहरी दमन नरोकिएसम्म आन्दोलन जारी राख्ने निर्णय पनि गरेको छ ।

मोर्चाले जिमखाना क्लबमा बोलाएको बैठकमा गोर्खा नेशनल लिबरेशन फ्रान्टका साथै भाजपा र कांग्रेस पनि सहभागी भएको छ । बैठकमा जन आन्दोलन पार्टीका नेता हर्कबहादुर क्षेत्रीले अड्ताल फिर्ता लिन र गोर्खाल्याण्ड टेरीटोरियल एडि्मनिस्ट्रेसन (जीटीए)बाट राजीनामा दिने प्रस्ताव राखेका थिए ।

तर, सर्बदलीय बैठकले केन्द्रीय सुरक्षा फौज फिर्ता नभएसम्म बन्द जारी राख्ने र जीटीए चुनाव बहिस्कार गर्ने निर्णय गरेको छ । साथै प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री राजनाथ सिंहलाई भेटेर आफ्नो एजेण्डा राख्ने सहमति जुटेको छ ।

साथै पश्चिम बंगाल सरकारले २२ जुनमा बोलाएको बैठकमा नजाने सहमति पनि बैठकमा भएको छ ।

गोर्खाल्याण्ड राज्यको माग गर्दै गोर्खा जनमुक्ति मोर्चाले सुरु गरेको आन्दोलन मंगलबार नवौं दिन पनि जारी रहृयो । आन्दोलनका क्रममा तीन जनाको मृत्यु पनि भइरहेको छ ।

सर्बदलीय बैठकले सबै पार्टीको सहभागिता रहने संयन्त्र बनाउने र अर्को बैठक २४ तारिखमा गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment