Comments Add Comment

रेसुङ्गा नगर प्रमुखका स्वतन्त्र उम्मेदवार भन्छन् ‘जनता भेडा हुन् र गन्नलाई ?’ 

७ असार, गुल्मी । असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह चुनाव अन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिकाबाट स्वतन्त्र उम्मेदवारी दिएका तीनमध्ये अजय पन्थीले आफ्नो चुनावी एजेण्डा सार्वजनिक गरेका छन् ।

उम्मेदवार पन्थीले बुधवार तम्घासमा पत्रकार सम्मेलन गरी शिक्षा, स्वास्थ्यसहित समृद्धशाली नगरको परिकल्पना गर्दै २४ बुँदे लामो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।

पन्थीले आफ्ना नीति तथा कार्यक्रममा भष्टाचारमुक्त नगर बनाउने एजेण्डालाई प्रमुख बनाएका छन् । भ्रष्टचार रोक्न बिशेष अनुगमन समिति गठन गर्नेदेखि नगरभित्र अतिक्रमण भएका सरकारी जग्गाहरु सरकारी स्वामित्वमा ल्याउनेसम्मका योजनाहरु उनको एजेण्डामा समेटिएका छन् ।

राजनितिमा गुटतन्त्र, लुटतन्त्र, झुटतन्त्र हावी भएको भन्दै उनले आफूले जिते त्यसको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पन्थी भन्छन्, ‘आफनै छोरो उम्मेदवार बन्दा बुवा भोट माग्न हिँडदैनन्, यो कस्तो खालको राजनीति हो ?’ छोराको सहि बिचारको पनि यहाँ आफ्नै बाउले कदर गर्दैन् उनले भने, ‘राजनिति लिप्त जनता बन्दा देशले फड्को मार्न सकेको छैन् ।’

‘उम्मेदवार हेरिदैन, उसको एजेण्डा हेरिदैन ।’, पन्थीले भने ‘ दलीय राजनीति मासु र मदिराको हैसियत भन्दा माथि उठ्न नसक्नुले भोलिका भावी पुस्ताको निमित्त चुनौती थपिएको छ ।’

जनतालाई दासी होइन मालिक बनाउनका लागि आफूले उम्मेदवारी दिएको बताउने पन्थीले भने ‘राजनीतिक दलले जनतालाई मेरो भोट, तेरो भेट भन्दै गन्नलाई के जनता भेडा हुन् र ?’ पन्थीले चुनावी नीति कार्यक्रममा सुन्दर नगरदेखि सबै खाले बिकास निर्माणमा जोड दिएका छन् ।

उनले कृषिलाई आधुनिकीकरणमा जोड दिर्दै युवाहरुलाई स्वोरोजगारको अवस्था सृजना गराउने दावी गरेका छन् । नेपाली कांग्रेसको राजनीति गरेका उनले एक वर्षअघि राजनीतिबाट सन्यासको घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment