Comments Add Comment

बाग्लुङको तमानखोलामा टेलिकमको सेवा

११ असार, काठमाडौं । नेपाल टेलिकमले बाग्लुङ जिल्लाको उत्तर पश्चिम भेगको बिकट स्थान तमानखोलामा विटिएस स्थापना गरी जिएसएम मोवाइल सेवा सञ्चालनमा ल्याएको छ । यो स्थानमा यो अघि कुनै पनि किसिमको दूरसञ्चार सेवा पुगेको थिएन ।

तमानखोला गाउँपालिका-३ तमानखोलामा स्थापित विटिएसबाट तमानखोला गाउँपालिकाको वडा नं- ३ र ४ का करिव ६ सय घरधुरीका बासिन्दा र खुङखानीको वडा नं. ६ का वासिन्दालगायत सो क्षेत्रका अन्य वासिन्दालाई मोवाइल फोन मार्फत अन्य क्षेत्र तथा विश्व समुदायसँग सम्पर्क स्थापित गर्न सहज भएको छ ।

तमान खोला बाग्लुङ जिल्ला सदरमुकामबाट ११६ किलोमिटर सडक मार्गको यात्रा पश्चात करिव डेढ घण्टाको पैदल मार्गको दुरीमा रहेको छ । उक्त स्थान छिमेकी जिल्ला म्याग्दीको सिमानासंग जोडिएको छ ।
दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो ।

प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment