Comments Add Comment

अर्घाखाँचीका मतदाताको गुनासो – भोट माग्नेले मतदानको तरिका सिकाएनन्

१३ असार, अर्घाखाँची । दोस्रो चरणको स्थानीय चह निर्वाचन आउन एक दिन मात्रै बाँकी रहँदा अर्घाखाँचीका मतदाताहरुले मत हाल्न कसैले नसिकाएको गुनासो गरेका छन् ।

छत्रदेव गाउँपालिका–५ का पृथमान श्रेष्ठले दलहरु मत माग्न आए पनि मत हाल्ने तरिका सिकाउन भने नआएको बताए । उनले ७ ठाउँमा भोट हाल्ने भन्ने सुनेको तर कसरी भोट हान्ने जानकारी नभएको गुनासो पोखे ।

छत्रदेव–३ कै कमल नेपालीको गुनासो पनि श्रेष्ठको जस्तै छ । उनले राजनीतिक दलहरू जुलुस, आमसभा, भाषण गरेको तर, भोट हाल्न नसिकाएको बताए ।

पाणिनि गाउँपालिका–२ पोखराथोकका वीरेन्द्र गौतम युवा हुन्, तर उनी मत हाल्नेबारे अझैसम्म रनभुल्लमा छन् । ‘भोट हाल्ने दिन भोलि छ,’ गौतमले भने, ‘तर, भोट कसरी हाल्ने भन्ने केही थाहा छैन । मत खेर जाने हो कि भनेर चिन्ता लागिरहेको छ ।’

श्रेष्ठ, नेपाली र गौतम त प्रतिनिधि पात्र मात्रै हुन् । निर्वाचन आयोग र जिल्लाका राजनीतिक दलहरूले मतदाता शिक्षामा ध्यान नदिँदा मतदाता भोट हाल्नेबारे रनभुल्लमा छन् । यसले जिल्लामा बदर मत संख्या बढ्ने सम्भावना बढाएको छ ।
६० प्रतिशतले परिचयपत्र बुझे

जिल्लामा मतदाता परिचयपत्र धमाधम वितरण भइरहेको छ । आइतबारभन्दा दोस्रो दिन सोमबार धेरै मतदाताले परिचय पत्र लिएका छन । जिल्लाभरबाट करिव ६० प्रतिशत मतदाताले परिचय पत्र बुझिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment