+
+

कञ्चनपुरको जंगलमा बम, सेनाले पार्‍यो निष्क्रिय

रासस रासस
२०७४ असार १५ गते १०:२६

१५ असार, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निंगालीको दीपेन्द्र स्मृति सामुदायिक वन नजिकको काठेपुलमा राखिएको सकेट बम नेपाली सेनाको टोलीले बुधबार निष्क्रिय पारेको छ ।

 

नेपाली सेनाको निर्वाचन सुरक्षा बेसमा खटिएको टोलीले बम निष्क्रिय पारेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक टेकबहादुर जोराले बताए ।

यसैगरी, सोही नगरपालिका–२ दोमिल्लातर्फ जाने ग्राभेल सडकमा राखेको सकेट बमसमेत नेपाली सेनाको टोलीले निष्क्रिय पारेको प्रहरी निरीक्षक जोराले बताए । ‘बम राख्नेहरुको खोजी तीव्र बनाइएको छ,’ उनले भने ।

 

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?