Comments Add Comment

ओप्पो एफथ्रीः सेल्फी एक्स्पर्ट अब ग्रुप सेल्फीमा पनि अब्बल

ब्ल्याक एडिसनमा पनि उपलब्ध

उत्कृष्ट क्यामेराका साथै अत्याधुनिक प्रविधि सुसज्जित फोन पस्कँदै नेपाली बजारमा अत्यधिक लोकप्रियता पाइरहेको स्मार्टफोन फोन ब्राण्ड ओप्पोले केही समय अगाडी नयाँ फोन ओप्पो एफथ्री सार्वजनिक गरेको छ । कम्पनीले ग्रुप सेल्फी ट्रेण्डलाई थप सुदृढ बनाउने सोचका साथ सार्वजनिक गरेको यो फोन मध्यम बर्गिय उपभोक्ता लक्षित फोन हो । करिव १ महिनाको अन्तरालमा एफथ्री प्लस पछि सार्वजनिक गरिएको यो फोन डुअल फ्रण्ट क्यामेरा सहित ग्रुप सेल्फी पुस्ता लक्षित दोस्रो फोन हो । सार्वजनिक गरिएको नयाँ फोनमा डुअल फ्रण्ट क्यामेरा उपलब्ध छ । एकल सेल्फीका लागि फोनमा १६ मेगा पिक्सेल र ग्रुप (सामुहिक) सेल्फीका लागि वाइड एङ्गल लेन्स सहितको क्यामेरा जडान गरिएको छ ।

नयाँ मूल्यका साथ एफथ्रीको ‘ब्ल्याक एडिशन’ पनि उपलब्ध

विश्वबजारमै नवप्रबर्तनात्मक डुअल फ्रण्ट क्यामेराका कारण प्रशस्त चर्चा तथा उल्लेख्य सफलता हात पारिरहेको ओप्पोले नेपाली बजारमा जेठ २७ देखि एफथ्रीको ब्ल्याक एडिशनपनि उपलब्ध गराएको छ । उपभोक्ताद्वारा कम्पनीप्रति देखाएको मायाँ र प्रोत्साहनलाई दृष्टिगत गर्दै कम्पनीले फोनका लागि नयाँ मूल्य निर्धारण गरेको छ । उपभोक्ता चाहना तथा माग अनुरुप कालो रङमा उपलब्ध गराइएको फोनको नयाँ मूल्य रु. ३२ हजार ९ सय ९० निर्धारण गरिएको छ । उपभोक्ताको आवश्यकता अनुसार उत्पादन उपलब्ध गराउने आफ्नो प्रतिबद्धता पूरा गर्दै ब्राण्डले उपभोक्ता, विशेषगरी यूवा पुस्तासँग आफ्नो सम्बन्ध थप सुदृढ गर्न चाहेको देखिन्छ ।

‘उपभोक्ता मागको सुनुवाइ गर्दै तिनको आवश्यकता अनुरुप उत्पादन उपलब्ध गराउनु हाम्रो प्रमुख प्राथमिकता हो’ ओप्पो एफथ्रीको ब्ल्याक भर्जन सार्वजनिक गर्दै ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनी जीले भने ‘नेपाल प्रवेश गर्दा देखिनै हाम्रा उपभोक्ता, तिनमा पनि विशेषगरी यूवा पुस्ताले फोनमा रङ्को विकल्प माग गर्दै आइरहेका थिए । कालो रङ्ले स्टाइल र आत्मविश्वासको समेत प्रतिनिधित्व गर्छ । नयाँ एफथ्री मार्फत हामी उपभोक्तालाई नयाँ स्टाइल स्टेटमेण्ट स्थापित गर्ने अवसर प्रदान गर्न चाहान्छौँ ।’

डुअल सेल्फी क्यामेरा ‘एउटा सेल्फी, अर्को ग्रुप सेल्फीका लागि’

ग्रुप सेल्फीका लागिः

ओप्पोले एफथ्रीमा सेल्फीका लागि दूई छुट्टै क्यामेरा उपलब्ध गराएको छ । ती मध्य ‘एउटा सेल्फी, अर्को गु्रप सेल्फीका लागि’, हुन् । एफथ्रीमा रहेको डबल भ्यू गु्रप सेल्फी क्यामेराले साधारण सेल्फी क्यामेराको तुलनामा दूई गुणा बढी फिल्ड अफ भ्यू दिने क्षमता राख्छ । फोनमा रहेको सीक्सपी लेन्सले न्यूनतम छवि विकृति (इमेज डिस्टोर्सन)का साथ उच्च श्रेणीका ब्यवसायिक गुणस्तरका तस्वीर लिन सघाउँछ । यसले गर्दा प्रयोगकर्ताले सर्वोत्कृष्ट गुणस्तरका ग्रुप सेल्फी लिन सक्छन् ।

सेल्फीका लागिः

एकल वा ब्यक्तिगत सेल्फीका लागि एफथ्रीमा १६ मेगा पिक्सेल रिजोल्यूशन, १/३ इञ्च सेन्सर र ठूलो एफ/२.० एपर्चरको प|mण्ट क्यामेराको ब्यवस्था गरिएको छ । कम्पनीले केही समय अगाडी उपलब्ध गराएको एफवान एसका तुलनमा कार्यक्षमता र गुणस्तरका सवालमा कम्पनीले यसमा थप सुधार गरेको छ । चहकिलो पृष्ठभूमी -ब्याकग्राउण्ड) भएका स्थानमा समेत यो क्यामेराले तस्वीरमा उपयुत्त, प्रकाश समायोजन गर्दै प्राकृतिक तस्वीर लिन सघाउँछ । फोनमा रहेको क्यामेराले कम प्रकाश भएका स्थानमा समेत जीवन्त र स्पष्ट तस्वीर लिन सकिन्छ ।

फेशियल रिकग्निशनः

ओप्पोले नयाँ क्यामेरामा स्मार्ट फेसियल रिकग्निशन ब्यूल्ट इन रुपमा उपलब्ध गराएको छ । यसले तस्वीर खिच्ने समयमा क्यामेराको फ्रेममा ३ जना भन्दा बढी मानिसको उपस्थिती देखिएमा गु्रप सेल्फी मोडको प्रयोगका लागि प्रयोगकर्तालाई सजग गराउँछ । यसमा उपलब्ध गरिएको क्यामेराको माध्यमबाट प्रयोगकर्ताले एकै हातको प्रयोगले समेत नहल्लिने गरी उत्कृष्ट तस्वीर खिच्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment