शुक्रबार, १३ साउन, २०७४
OnlineKhabar.com

जुफाल विमानस्थलको कालोपत्र गर्ने कार्य सुरु

२७ असार, दुनै (डोल्पा) । डोल्पामा यातायातको एक मात्र साधनका रुपमा रहेको जुफाल विमानस्थलको दुई सय मिटर कालोपत्र गर्ने काम सम्पन्न भएको छ ।

जम्मा ५६० मिटरमध्ये असार १ देखि २६ गतेसम्म २६ दिनको अवधिमा २०० मिटर कालोपत्र गर्ने कार्य सम्पन्न भएको विमानस्थल निर्माणका आयोजना प्रमुख वीरप्रसाद शाहीले जानकारी दिए । आँउदो भदौ पहिलो सातासम्ममा कालोपत्र गर्ने कार्य सम्पन्न गरेर हवाई यातायात सञ्चालनमा ल्याउने योजना रहेको आयोजना प्रमुख शाहीले बताए ।

बर्खायाम सुरु भएकाले काम गर्ने क्रममा बीच–बीचमा पानी परेर समस्या उत्पन्न हुने गरेको शाहीको भनाइ छ । कर्णालीका चारवटा विमानस्थल कालोपत्र भइसके तापनि डोल्पाको जुफाल विमानस्थलमा भने कालोपत्र गर्ने कार्य भर्खरै शुरु भएको छ ।

२०७४ असार २७ गते १९:५१ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this