+
+

ताप्लेजुङमा महिलाको शव भेटियो, हत्याको आशंका

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ३० गते ११:२८


३० असार, ताप्लेजुङ । जिल्लाको आठराई त्रिवेणी गाउँपालीका १ मा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

साविक निगुरादिन–६ का दिलिप थलङ लिम्बुकी ३० वर्षीया श्रीमती सिर्जना लिम्बु घर नजिकैको बारीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बिहान घाँस काट्न आएका गाउँलेले घर नजिकैको बारीमा सिर्जनालाई मृत फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले सो स्थानमा प्रहरी पुगेर घटनाको विषयमा अनुसन्धान गरीरहेको छ ।

घरमुनिको मकैबारी माडिएको र सिर्जनाको शव भेटिएको स्थानमा धेरै रगत बगेकाले उनको हत्या भएको आंशंका गरिएको छ ।

सिर्जनाका श्रीमान वैदेशिक रोजगारीमा रहेका छन् । उनी ५ वर्षीया छोरासँग घरमा बस्दै आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?