Comments Add Comment

सन्धिखर्क नगर कार्यपालिकाले पूर्णता पायो

२ साउन, अर्घाखाँची । जिल्लाको सदरमुकाम सन्धिखर्क नगरकार्यपालिकाले पूर्णता पाएको छ ।

मेयर अध्यक्ष, उपमेयर उपाध्यक्ष, वडा अध्यक्ष र मनोनित सदस्यसहित सन्धिखर्क नगरकार्यपालिकामा २२ सदस्यीय भएको छ ।

महिला, दलित तथा अल्पसंख्यकको तर्फबाट निर्वाचित सदस्यहरुले सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

मुख्य निर्वाचनको कार्यालयले सदस्यको निर्वाचनका लागि मनोनयनको दर्ता गर्दा कांग्रेस माओवादी तालमेलले संयुक्त मनोनयन दर्ता र एमालेले एक्लै मनोनयन दर्ता गरेको थियो ।

कार्यपालिका सदस्य पदमा निवार्चित भएका सदस्यहरुलाई मुख्य निर्वाचन अधिकृत केशवप्रसाद बास्तोलाले प्रमाण पत्र वितरण तथा सपथ ग्रहण गराएका छन् ।

महिला सदस्य तर्फ पदमा भुसाल, बसन्ता केसी, यमकला थापा क्षेत्री, श्रृजना विक, हिमकला टोटा कांग्रेसबाट निवार्चित भए ।

दलित तथा अल्पसंख्यकमा कांग्रेसबाट लक्ष्मी नेपाली, माओवादी केन्द्रबाट मानबहादुर सुनार र रुपा विक निवार्चित भएको अधिकृत बास्तोलाले जानकारी दिए ।

सन्धिखर्क नगरपालिकाको प्रमुखमा कमलप्रसाद भुसाल र उपप्रमुखमा ठाकुर कुमार विक चुनिएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment