Comments Add Comment

९ मन्त्रालयको मात्र ९० प्रतिशत बढी खर्च, प्रमुख आयोजनाको खर्च दयनीय

४ साउन, काठमाडौं । ३० वटा मन्त्रालयमध्ये गत आवमा ९ मन्त्रालयले मात्र विनियोजित बजेटको ९० प्रतिशत र सोभन्दा बढि खर्च गर्न सफल भएका छन् ।

आपुर्ती मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, रक्षा मन्त्रालय, शिक्षा मन्त्रालय, सिञ्चाई मन्त्रालय, सुचना तथा सञ्चार मन्त्रालय, स्वास्थ्य मन्त्रालयले मात्र ९० प्रतिशत र सोभन्दा बढि बजेट खर्च गर्न सकेका हुन् ।


प्रमुख आयोजनाहरुको खर्च दयनीय

प्रमुख आयोजनाहरुमध्ये अधिकाँशको खर्च सन्तोषजनक देखिएपनि कतिपयको भने खर्च अवस्था दयनिय देखिएको छ ।

 

 

 

सघन शहरी बिकास कार्यक्रमको लागि दिइएको बजेटमध्ये १८.७७ प्रतिशत (१ अर्ब ९७ करोड रुपैयाँ) , १ सय ३२ केभीए तथा प्रसारण लाइन विस्तारमा पनि छुट्याइएको मध्ये २५.९४ प्रतिशत (२ करोड ५८ लाख रुपैयाँ) रकम मात्र खर्च भएको छ ।

५० प्रतिशत नकट्ने राष्ट्रिय गौरवका आयोजना

काठमाडौं तराई मधेश द्रुत मार्ग, हुलाकी राजमार्ग, भेरी बबई डाइभर्सन, पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल आयोजनाको खर्च ५० प्रतिशत पनि कटेको छैन् ।

प्राधिकरणहरुको खर्च ५० प्रतिशत पनि कटेन

प्राधिकरणहरुको खर्च अवस्था निकै कमजोर रहेको देखिएको छ । गत आवमा राष्ट्रिय पुनरनिर्माण प्राधिकरणले १ खर्ब ४० अर्ब पाएकोमा ३५ प्रतिशत (४९ अर्ब ५७ करोड) मात्र खर्च गर्न सकेको हो ।

यस्तै, नागरिक उड्डयन प्राधिकरणले १५ अर्ब २ करोड पाएकोमा ७२ करोड रुपैयाँ (४८.४ प्रतिशत) बजेट मात्र खर्च गर्न सकेको छ । नेपाल विद्युत् प्राधिकरणले भने पाएको २८ अर्ब ७३ करोडमा १२ अर्ब ७९ करोड (४४.५ प्रतिशत) मात्र खर्च गर्न सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment