Comments Add Comment

ब्राजिलियन डिफेण्डर डानिलो म्यान्चेस्टर सिटीमा अनुबन्धित

८ साउन, काठमाडौं । स्पेनिस च्याम्पियन रियल मडि्रडका डिफेण्डर डानिलो इंग्लिस क्लव म्यान्चेस्टर सिटीमा अनुबन्धित भएका छन् ।

२६ वर्षीय ब्राजिलियन राइट ब्याक डानिलोले सिटीसँग पाँच वर्षको सम्झौता गरेका छन् र सिटीको पि्र-सिजन टूरमा समावेश भएका छन् । उनी २६.५ मिलियन पाउण्डमा सिटी गएको बताइएको छ ।

‘म्यान्चेस्टर सिटीसँगको अनुबन्धमा म निक्कै खुसी छु ।’ डानिलोले म्यान्चेस्टरमा कागजी प्रक्रिया र मेडिकल परिक्षणपछि प्रतिक्रिया दिए ।

‘अन्य क्लवबाट पनि आकर्षक प्रस्तावहरु नआएका होइनन्, तर मेरो जहिले पनि पेप ग्वार्डिओलाका लागि खेल्ने लक्ष्य थियो । बिस्तारै मैले मेरो लक्ष्य भेटेँ र म सिटीबाट खेल्न आतूर छु ।

योसँगै सिटीले यस सिजन खेलाडी ट्रान्सफरमा झण्डै १५० मिलियन पाउण्ड खर्चिएको छ । यसअघि उसले इंग्ल्याण्डका केल वाल्कर -४५ मिलियन पाउण्ड), पोर्चुगिज मिडफिल्डर बर्नाण्डो सिल्भा -४३ मिलियन पाउण्ड) र ब्राजिलियन गोलरक्षक एडरसन मोरेस -३५ मिलियन पाउण्ड)मा भित्र्याइसकेको छ ।

सिटीले मोनाकोका २३ वर्षीय डिफेण्डर बेञ्जामिन मेण्डेलाई क्लवमा भित्र्याउन ५२ मिलियन खर्चिने भएको छ ।

डानिलोले आगामी बुधबार लस एञ्जलसमा रियलबिरुद्ध हुने खेलमा सिटीका तर्फबाट डेब्यू गर्ने सम्भावना छ ।

ब्राजिलियन च्याम्पियन सान्तोषका पूर्व खेलाडी डानिलो सन् २०१५ मा बेनफिकाबाट रियलमा अनुबन्ध भएका थिए । गत सिजन उनले १७ ला लिगा खेल खेलेका थिए ।

डानिलो बहुप्रतिभाशाली खेलाडी हुन्’, सिटीका डाइरेक्टर जिकी बेगिरिस्तेनले भने, ‘उनी डिफेन्स र मिडफिल्ड दुवैका लागि उपयुक्त हुन्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment