Comments Add Comment

भारतमा जिएसटी लाग्दा नेपाली बजार पनि प्रभावित !


८ साउन, काठमाडौं । भारतले वस्तु तथा सेवामा एकीकृत कर गुड्स सेल्स ट्याक्स (जीएसटी) लगाएपछि नेपाली ब्यवसायी अन्योलमा छन् । भारतमा पनि त्यस्तै अन्योल रहँदा त्यसको प्रभाव भारतीय सीमा नजिकका नेपाली बजारहरुमा परेको छ ।

भारत सरकारले पछिल्लो जीएसटी बिल अनिवार्य गरेपछि भारतीय बजारका अधिकांश व्यापारीहरुसँग बिल नहुँदा बजारमा व्यापारिक मन्दी छाएको रिपोर्ट आएको छ ।

भारतको व्यापारीक मन्दीको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेपछि यो समाचारले बजारमा प्राथकिमता पाएको छ । भारतबाट सामान खरिद गरी नेपालमा आयात गर्ने व्यापारी र भरियाहरुलाई भारतीय भन्सारले रोक्न थालेपछि यो विषयले झनै महत्व पाएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघले भने भारतको जीएसटीका कराण नेपालमा कुनै पनि वस्तुको मूल्य नबढ्ने स्पष्ट गरेको छ ।

महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले परिवत्र्य मुद्रामा हुने वस्तु ब्यापारमा जीएसटी लागू नहुने बताए । उनले नेपाली बैंकबाट भक्तानु हुने सेवाहरुमा जीएसटीबारे अन्योल रहेको बताए ।

तर, भारतले जीएसटीका कारण नेपाललाई मार पर्ने गरी कुनै नीति नलिइने स्पष्ट गरेको गोल्छाको भनाइ छ । गोल्छाले भारतमा लागू भएको जीएसटीले नेपालीबजारमा मल्यवृद्धिको कुनै सम्भावना नरहेको बताए ।

‘जीएसटीले न्युन बिजकीकरणको समस्या निकै घटाउने देखिन्छ । यसलेनेपालको भन्सार राजश्वमा २५ प्रतिशतसम्म वृद्धि हुने अवस्था आउँछ’ गोल्छाले भने, ‘अहिले जीएसटीबारे नेपाली ब्यवसायी अन्योलमा रहेको छन् । त्यसबारे हामी बुझाउँछौं ।’

पछिल्लो एक सातादेखि भारतीय भन्सारले व्यापारीहरुसँग जीएसटी बिल माग्दा नभएपछि सामान फर्काइन थालेसँगै यसको बिरोधमा भारतीय व्यापारीले सीमावर्ती धारचुला बजार बन्द गराएका थिए ।

भाररत सरकारले व्यापारमा यस्तो व्यवस्था गरेपछि भारतीय बजारमा आश्रति दार्चुला जिल्ला सदरमुकाम खलंगामा समेत यसको प्रभाव परेको छ । बजारमा भएको व्यापारिक खिचातानीका कारण उपभोक्ताहरुले पनि यसको अभाव र प्रभाव खेप्नु परेको खलंगाबासीले गुनासो गरेका छन् ।

भारतीय व्यापारीहरुले भोटर कार्ड वा मतदाता परिचय पत्रका साथै प्यान बिलको माध्यमबाट सामान लैजान दिनुपर्ने र तीन महिनाभित्र जिएसटी बिल बनाउने प्रतिबद्धता गरे पनि कष्टमले सम्बोधन नगर्दा भारतीय प्यापार मण्डलले धारचुला बजार बन्द गरेका हुन् ।

नेपाल र भारत दुबै क्षेत्रको बजारमा परेको व्यापारिक जटिलता फुकाउन दुबै देशका व्यापारिक मण्डलका पदाधिकारीहरुले पनि बार्ता गरेका छन् ।

त्यस्तै भारतीय सीमा सुरक्षा बल एसएसबीका कमाण्डरको टोली तथा उद्योग बाणिज्य संघ दार्चुलाका पदाधिकारीहरुको बैठकसमेत बसेको थियो ।

नेपाली व्यापारीहरुले कष्टममा पैसा तिरेपछि सामान आयात गर्नमा सहज बतावरण बनाउन आग्रह गरेको छ ।

भारतीय कष्टमले छोडेको समानमा एसएसबीले धेरै कडाई नगर्ने तथा अबैध सामानको निगरानीका लागि चेकजाँच गर्ने सहमती भएको दार्चुला उद्योग बाणिज्य संघका अध्यक्ष सुरेशसिह थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment