शनिबार, ३ भदौ, २०७४
OnlineKhabar.com

सौराहमा बाढी पस्यो, अधिकांश होटल डुबानमा, पर्यटकको रुवाबासी

अनलाइनखबर


२९ साउन, चितवन । पर्यटकीय नगरी सौराहामा राप्ती र बूढीराप्ति खोलाको बाढी पसेपछि अधिकांश होटल डुबानमा परेका छन् ।

क्षेत्रीय होटल सङ्घ, सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार शनिबार साँझदेखि राप्ति किनारका रेस्टुरेन्ट र होटलहरु पानीले डुबेका हुन् ।

कतिपय होटलका पहिलो तलाको पूरै भागसमेत डुबानमा परेको उनले बताए ।

सौराहामा रहेका ११० वटा होटलमा अधिकांशमा पानी पसेको घिमिरेको भनाइ छ । भुइँतलामा रहेका पर्यटकलाई माथिल्लो तल्ला एवं अन्य सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पार्किङ गरिएका गाडी, मोटरसाइकल, साइकललगायत सवारीसाधन सबै डुबेका छन् ।

विसं २०५९ यताको यो नै सबैभन्दा ठूलो बाढी रहेको घिमिरेले बताए । त्यतिबेला सौराहामा बाढी पसेर होटलमा बालुवा भरिएपछि ठूलो क्षति भएको थियो ।

सौराहा जाने चित्रसारी पुल नजिकै रहेको प्रहरी चौकी डुबानमा परेपछि स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख दीपक थापाले बताए । सौराहामा रहेको प्रहरी चौकी पनि डुबानमा परेको छ । राप्ती नदीको बाँध नाघेर सौराहामा बाढी पसेको हो ।

यसैगरी, राप्ती, कयरखोला, लदरी, पम्फाखोलाको बाढी गाउँ पसेपछि पूर्वी चितवनको खैरहनी, पर्सा, भण्डारा र रत्ननगरलगायतका क्षेत्रमा डुबान भएको प्रहरी उपरीक्षक थापाले बताए । राप्तीकै पानी पसेपछि पश्चिम चितवनको पटिहानी, जगातपुर र मेघौलीका नदी तटीय क्षेत्र डुबानमा परेका छन् । नदी छेउमा बसोबास गर्नेलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थापाले बताए ।

नारायणी, राप्ती, रिउलगायतका नदी बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन सबैमा अपिल गरेको छ ।

२०७४ साउन २९ गते ९:३८ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१ प्रतिकृया प्राप्त
  • बिजय कुमार श्रेष्ठ (बझाङ्ग) लेख्नुहुन्छ    |   २०७४ साउन २९ गते १५:०७

    नेपालले आफ्नो भूभागमा बग्ने नदीहरुको नियन्त्रण र दशगजामा सामुहिक सहअस्तित्व कायम गराइनसक्दा सम्म बाढीको चपेटाबाट मुक्त हुन सकिन्न । नदी त सबै देशमा हुन्छन तर तिनको प्राविधिक र आर्थिक तरिकाले ब्यबस्थापन गर्न नसक्ने देशमा प्रत्यक वर्ष बाढीले दुख दिने गर्छ । चीनमा पनि याङ्गसी नदीले सालना दुख दिन्थ्यो तर हाल याङ्गसी नदीलाई ठूला ठूला तीनवटा नहरमा बिभाजन गरीसकेपछि चीनमा याङ्गसीले दुख दिएको समाचार सुनिएको छैन । भारतका कारणले नेपालको भूमी डुवान र जल प्रकोप आउँदा सम्म पनि भारतसंग कुरै नसक्ने नामर्द सरकारबाट मुक्ती नपाउँदा सम्म यस्तै भइरहनेछ । अहिले वाढी र जल प्रकोप जति नेपालमा पानी जति भारतका लागि भइरहेको छ ।

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this