+
+

छुरा प्रहारबाट युवक गम्भीर घाइते

रविन भट्टराई रविन भट्टराई
२०७४ साउन ३२ गते १२:१७

३२ साउन, ताप्लेजुङ । ताप्लेजुङमा गए राति छुरा प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् ।

मंगलवार राति करिव १० बजे फुङलिङ नगरपालिका ४ का स्थानीयवासी १७ वर्षीय प्रितम गुरुङलाई सोही स्थानका २१ वर्षीय राजा लिम्बूले छुरा प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।

घाइते गुरुङको ताप्लेजुङमा उपचार हुन नसकेपछि राति नै झापा विर्तामोडको विएण्डसी रिफर गरीएको थियो ।

पेटमा छुरा प्रहार भएकाले ठूलो आन्द्रामा समस्या भएको उपचारमा संलग्न चिकित्सकको भनाइ छ । छुरा प्रहार गर्ने राजा लिम्बू फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?