+
+

निर्वाचन अधिकृतका लागि २ सय ५० को नाम सिफिारिस

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १४ गते ५:१८

१४ भदौ, काठमाडौं । न्याय परिषद् र न्याय सेवा आयोगले २४० निर्वाचन क्षेत्रमा निर्वाचन गराउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत गरी २ सय ५० जनालाई खटाउन कायम मुकायम प्रधानन्यायाधीश समक्ष सिफारिस गरेको छ ।

निर्वाचन आयोगको माग बमोजिम न्याय परिषद्ले ७५ जिल्लाका मुख्य निर्वाचन अधिकृतका लागि ७५ जना मुख्य न्यायाधीश, ८६ जना सम्बन्धित जिल्ला अदालतमा कार्यरत न्यायाधीश तथा कानुन, न्याय र सरकारी सेवामा रहेका ७९ जना राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा पठाउन सिफारिस गरिएको परिषद्का निमित्त सचिव कृष्ण गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार न्याय सेवा आयोगले तथा कानुन, न्याय र सरकारी सेवामा रहेका १० जना राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई जगेडामा राख्नका लागि पनि सिफारिस गरेको छ । रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?