Comments Add Comment

युइएफए सुपर कपको उपाधि वार्यन म्युनिखलाई

१५ भदौ, काठमाडौं । जर्मन साइड वार्यन म्युनिखले युइएफए सुपर कप फुटबलको उपाधि जितेको छ । शुक्रबार राति भएको खेलमा इंग्लिस क्लब चेल्सीलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै वार्यन म्युनिखले उपाधि मात्र जितेन, सन् २०१२ को च्याम्पियन्स लिगको फाइनलमा व्यहोरेको हारको बदला पनि लिएको छ ।

खेलमा अग्रता चेल्सीले ८ औं मिनेटमा फर्नोन्डो टोरेसको गोलबाट लिएको थियो । ४७ औं मिनेटमा फ्राङ्क रिवेरीले ४७ औं मिनेटमा बराबरी गोल फर्काए । खेलको ८५ औं मिनेटमा रामिरेज रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा सिमित भएको थियो ।

निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि थपिएको ३० मिनेटको सुरुमा नै इडेन हेजार्डले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए । तर, १ सय २० औं मिनेटमा मार्टिनेजले गोल गर्दै खेललाई पेनाल्टी सुटआउटतर्फ लगे । जसमा चेल्सीका लुकाका चुकेपछि वार्यन म्युनिखले उपाधि उचालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment