Comments Add Comment

भारतीय राजदूतले ओहोदाको प्रमाणपत्र बुझाए

१९ भदौ, काठमाडौं । नेपालका लागि नवनियुक्त राजदूत रन्जित रेले राष्ट्रपति डा रामवरण यादवसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नु भएको छ । राजदूत रे सोमबार काठमाडौं आइपुग्नु भएको थियो । यस्तै नेपालका लागि स्वीटजरल्यान्ड, डेनमार्क, भारत र कुवेतका नवनियुक्त राजदूतले पनि राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो ।

राष्ट्रपतिसमक्ष नेपालका लागि स्वीटजरल्यान्डका राजदूत डा. अर्स हेरेन, डेनमार्ककी राजदूत क्रिस्टिन रोजेनभोल्ट गिलान र कुवेतका राजदूत समी मोहमद अल सुलेमानले आ-आˆनो ओहादाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालका लागि स्वीट्जरल्याण्ड, डेनमार्क र भारतका आवासीय राजदूत हुनुहुन्छ भने कुवेतका गैरआवासीय राजदूत नयाँ दिल्लीमा रहेर कार्य गर्नुहुन्छ । कार्यक्रममा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे, प्रधानसेनापति गौरवशम्शेर जबरा, राष्ट्रपति कार्यालयका सचिव शारदाप्रसाद त्रिताल, परराष्ट्र सचिव अर्जुनबहादुर थापालगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment