Comments Add Comment

र्‍याम्पमा रेखा देखि रेखासम्म

षडज कला केन्द्र र नेपाल सांगीतिक संघले तीजको अवसर पारेर आयोजना गरेको ‘षडज तीज सेलेबे्रसन’ कार्यक्रममा नेपाली चलचित्र देखि सांगीकि क्षेत्रका कलाकारहरुले र्‍याम्प नापेका छन्  ।teej-ma-ram-showराजधानीको बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्समा आयोजित कार्यक्रममा गायिका कोमल वली, देविका बन्दना, कुन्ती मोक्तान, तारा थापा र बुनु राई मानन्धरले सांगीतिक प्रस्तुति राखेका थिए ।

कार्यक्रममा फेशन डिजाइनर उत्तम बनेपालीले डिजाइन गरेका पहिरनमा कलाकारहरुले र्‍याम्प शो गरेका थिए । र्‍याम्पमा प्रथम मिस नेपाल रुवी राणा, नायिका रेखा थापा, गायिका कोमल वली, हाँस्य कलाकार दीपाश्री निरौला, अभिनेत्री कविता शर्मा, गायिका रेखा शाह, नायिका अशिष्मा नकर्मी, वरिष्ठ अभिनेत्रीत्रय भुवन चन्द, बसुन्धरा भुषाल र चैत्य देवी हिँडेका थिए ।

केन्द्रका प्रबन्ध निर्देशक प्रभास कटुवालका अनुसार कार्यक्रममा वरिष्ठ गायिका स्वर्गीय तारादेवीलाई सम्मान पनि गरिएको थियो । कार्यक्रमको सञ्चालन पूर्व मिस नेपाल माल्भिका सुब्बाले गरेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment