जब जब बिहेको सीजन सुरु हुन्छ, बलिउडका चर्चित कलाकारहरुको गोजी तातो हुँदै जान्छ । बिहेको सीजनमा धनी परिवारको घरमा गएर नाच्नु, पार्टीमा सहभागी हुनु उनीहरुको लागि आम्दानीको राम्रो माध्यम बन्ने गर्दछ ।केही महिना अघि मात्र बलिउड बादशाह साहरुख खानले एक बिहे पार्टीमा ३० मिनेट नृत्य गरेको ८ करोड लिएका थिए । साहरुख विशेषगरी छानेर मात्र बिहे भोजमा सहभागी हुने गर्दछन् । बिहेको पार्टीमा सहभागी भएको मात्र साहरुख ३ करोड सम्म लिने गर्दछन् ।
यदि उनलाई नचाउनु पर्यो भने अझै धेरै रकम दुलही या दुलाहाका पिताले खर्च गर्नुपर्दछ । यसमा साहरुखको आउने जाने र बस्ने खर्च भने जोडिएको छैन । यसैले पनि साहरुखलाई बिहे भोजमा बोलाउन करोडौ रकम पहिले नै छुट्टयाउनु पर्दछ । बिहे भोजमा नाच्ने र पार्टीमा पुग्ने कलाकारको सूचिमा साहरुख अंग्रपंक्तीमा आउछन् ।
साहरुख कुनै कार्यक्रमको उद्घाटन गर्न, रिबन काट्न र केही मिनेट बोल्नका लागि मात्र डेढ करोड लिने गर्दछन् । यस्तै अर्का नायक सलमान खान बिहे भोजमा सहभागी हुनका लागि २ करोड सम्म लिने गर्दछन् ।
रिवन काटेर कार्यक्रमको उद्घाटन गर्न १ करोड लिने सलमान बिहे पार्टीमा सहभागी भएको डेढ करोड सम्म लिने गर्दछन् । यता नायिका कटि्रना कैफ डेढ करोड चार्ज गर्छिन् । हालै मात्र साहरुख र कटि्रना लण्डनमा आयोजना भएको एक बिहे पार्टीमा सहभागी भएका थिए । यो सूचिमा पि्रयंका चोपडा, दीपिका पादुकोण लगायतका सेलिब्रेटी पनि पर्दछन् ।
प्रतिक्रिया 4