Comments Add Comment

सूर्यबहादुरका कार्यकर्ता कमल थापातिर

२६ भदौ, काठमाडौं । संविधानसभाको चुनाव नजिकिँदै जाँदा एउटा पार्टीबाट अर्को पार्टीमा आवत-जावत गर्ने क्रम बाक्लिँदै जान थालेको छ । यसैक्रममा एमाले र राप्रपाका केही नेता कार्यकर्ताहरु बुधबार कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गर्दैछन् ।

राप्रपा नेपाल स्रोतले दिएको जानकारी अनुसार पूर्वराष्ट्रिय पञ्चायत सदस्य तथा गत प्रतिनिधिसभामा एमालेका पराजीत उमेद्वार रहेका सोलुखुम्बुका भूपाल किराती राप्रपा नेपालमा प्रवेश गर्नुहुने भएको छ । पूर्वपञ्च किराती ०४६ को बहुदल आएपछि एमालेमा लागेर सोलुमा सांसदको उमेद्वार बन्नुभएको थियो । तर, उहाँलाई कांग्रेसका बलबहादुर राईले चुनावमा पराजीत गर्नुभएको थियो । चुनाव हारेदेखि उहाँ एमालेमा खासै सक्रिय हुनुहुन्थेन ।

त्यसैगरी रोल्पा जिल्लाका पूर्वजिविस सभापति एवं सूर्यबहादुर थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य दलवीर पुन पनि बुधबारै राप्रपा नेपालमा प्रवेश गर्दै हुनुहुन्छ । पुन र किराती दुबैलाई राप्रपा नेपालको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष कमल थापाले टीका लगाउने कार्यक्रम तय गरिएको हो ।

सूर्यबहादुर थापा नेतृत्वको राप्रपाका भोजपुर जिल्ला अध्यक्ष अम्बिका ढकाल पनि आजै राप्रपा नेपालमा प्रवेश गर्ने कार्यक्रम रहेको राप्रपा नेपालले जनायो ।

यसैवीच सिन्धुलीका एमालेनिकट संस्कृतिकर्मी प्रदीप परिवारको नेतृत्वमा एउटा टोली एमाओवादीमा प्रवेश गर्न लागेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment