Comments Add Comment

युवा संघ नेपालले युथ फोर्स बनाउने

२७ भदौ, काठमाडौं । एमालेसम्वद्ध युवा संघ नेपालले अन्ततः युथ फोर्स बनाउने भएको छ । यद्यपि तत्काल भने विभागको हैसियत दिइने भएको छ ।

बिहीबार पत्रकार सम्मेलन गरेर युवा संघका अध्यक्ष महेश बस्नेत, असन्तुष्ट पक्षका नेता उपाध्यक्ष झपट रावल लगायतका सवै नेताहरुले आन्तरिक बिवाद समाधान भएको घोषणा गरेका छन् । अध्यक्ष बस्नेतका अनुसार भदौ २९ र ३० गते चितवनको रत्ननगरमा हुने राष्ट्रिय कार्यकर्ता भेलाले युथ फोर्ससहितका २२ बटा विभागलाई पूर्णता दिनेछ । ‘हाललाई विभागलाई पूर्णता दिन्छौं’ बस्नेतले भन्नुभयो-‘तल्लो तहसम्म गठन र परिचालन तथा प्रतेक बुथ केन्द्रीत गर्ने अधिकार युवा संघलाई दिन पार्टीसँग माग गरेका छौं ।’

धरानमा भएको भेलाले घोषणा गरेको महिला युथ फोर्सलाई युथ फोर्स मातहतमा राख्ने सहमति भएको उपाध्यक्ष रावलले बताउनु भयो । रावल समूहको असन्तुष्टीका बीच बस्नेतको अगुवाईमा धरानमा भएको भेलाले महिला युथ फोर्स गठन गरेको थियो ।

युवा संघका नेताहरुले आन्तरिक बिवाद समाधान गरेको भन्दै एकढिक्का भएर आगामी मंसिर ४ गतेको निर्वाचनमा लाग्ने प्रतिवद्धता जनाएका छन् । एमालेलाई पहिलो पार्टी बनाउने उद्देश्यका साथ अघि बढ्ने युवा संघका अध्यक्ष बस्नेतले बताउनुभयो ।

रत्ननगरमा हुने राष्ट्रिय कार्यकर्ता भेलाको नेकपा एमाले अध्यक्ष झलनाथ खनालले उद्घाटन गर्नुहुने कार्यक्रमे छ । भेलामा बरिष्ठ नेताहरु माधवकुमार नेपाल, केपी शर्मा ओली, उपाध्यक्षहरु बामदेव गौतम, बिद्यादेवी भण्डारी, महासचिब ईश्वर पोखरेल, सचिव शकर पोखरेल युवाफाट प्रमुख शेरबहादुर तामाङले संबोधन गर्ने कार्यक्रम छ । भेलामा देशभरीका ७५ वटै जिल्लावाट ७ सय ७६ प्रतिनिधिको सहभागिता रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment