Comments Add Comment

उकालो लाग्यो डलरको मूल्य

२८ भदौ, काठमाडौं । आइतबारदेखि लगातार घटेको अमेरिकी डलरको मूल्य हप्ताको अन्तिम दिन शुक्रबार वृद्धि भएको छ ।

Doller-Photo

आज वाणिज्य बैंकहरुले १०३ रुपैयाँको नजिक डलरको बिक्री मूल्य निर्धारण गरेका छन् । हिजो कारोबार बन्द हुँदा डलरको मूल्य १०२ रुपैयाँको नजिक झरिसकेको थियो । आज ५० पैसाभन्दा बढीले डलरको मूल्य बढेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले शुक्रबार विहान डलरको बिक्री मूल्य १०२.८० र खदिर दर १०१.६९ तय गरेको छ । त्यस्तै, एभरेष्ट बैंकले बिक्री मूल्य १०२.७० र खरिद दर १०२.१० रुपैयाँ तय गरेको छ ।

१०९ रुपैयाँ पुगेको डलरको मूल्य क्रमशः घट्दै आएको थियो । पछिल्लो समय डलरको मूल्य मूल्य बढ्नु अघि ८७ रुपैयाँ रहेको थियो । २०१३ को अन्तसम्म डलरको मूल्य ८८ रुपैयाँदेखि ९२ रुपैयाँको बीचमा कायम हुने गरी र्झनसक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment