Comments Add Comment

नेपालमै पढ्दा पनि वार्षिक पाँच अर्ब बिदेसिन्छ

२९ भदौ, काठमाण्डौं । विदेशी विश्वविद्यालयहरुसँग सम्बन्धन लिएर नेपालमा शैक्षिक कार्यक्रम चलाउने संस्थामार्फत वाषिर्क पाँच अर्ब रुपैयाँ विदेसिने गरेको छ ।

शैक्षिक कार्यक्रम चलाउन विदेशी विश्वविदालयलाई तिर्नुपर्ने सम्बन्धन शुल्क, परीक्षा शुल्क तथा विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने प्रमाणपत्रलगायतका शीर्षकमा यति ठूलो रकम बाहिरिने गरेको हो । शिक्षा मन्त्रालयको पछिल्लो अध्ययनअनुसार यसरी बिदेसिने रकम वाषिर्क पाँच अर्वको हाराहारीमा छ । तर यसको आधिकारिक अभिलेख मन्त्रालयले राख्न नसकेको अन्नपूर्ण पोस्टमा खबर छ ।

मन्त्रालयको तथ्यांक अनुसार विदेशी विश्वविद्यालय तथा बोर्डबाट सम्बन्धन लिएका ६९ वटा संस्थाले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छन् । यीमध्ये ३३ वटा संस्थामा ए लेभलको पढाई हुन्छ । बाँकीले प्रमाणपत्रदेखि स्नातकोत्तर तहसम्मका विभिन्न प्राविधिक तथा व्यावसायिक विषयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment