Comments Add Comment

थाई न्यायाधीशले अदालतभित्रै आफैंलाई गोली हाने

काठमाडौं । थाइल्याण्डमा एक न्यायाधीशले अदालततभित्र आफैंलाई गोली हानेका छन् । यला प्रान्तीय अदालतका न्यायाधीश न्यायाधीश कनिकन फिएन्चनाले आफैंलाई गोली हानेर आत्महत्याको प्रयास गरेका हुन् ।

शुक्रबार एउटा मुद्दाको निर्णय सुनाउँदै न्यायाधीश फिएन्चनाले हत्या र अवैध बन्दुक राखेको आरोपमा पक्राउ परेका पाँच मुस्लिम पुरुषलाई सफाइ लिएका थिए ।

लगतै न्यायापालिका निश्पक्ष हुनुपर्छ भन्दै न्यायिक सपथ बाचन गरेका उनले अचनाक पेेस्तोल निकालेर आफ्नै छातीमा गोली हानेका हुन् ।

फिएन्चना, यला प्रान्तको अदालतका न्यायाधीश हुन् । यला क्षेत्र विद्रोहबाट प्रभावित दक्षिण थाइल्याण्डमा पर्छ ।

न्यायाधीश फिएन्चनाले पाँच जनालाई सफाइ लिएपछि इजलासमा भावुक सम्बोधन गरेका थिए । त्यसको फेसबुकमा प्रत्यक्ष प्रशारण समेत भएको थियो ।

उनले भनेका छन्, पाँच प्रतिवादीले अपराध गरेका होइन भनेर म भनिरहेको छैन । उनीहरुले गरेका हुनसक्छना् तर न्यायिक प्रक्रिया पारदर्शी र विश्वसनीय हुनुपर्छ । गलत व्यक्तिलाई दण्ड दिँदा उनीहरु बलिको बोका मात्र हुनसक्छन् ।’

अदालतमा उपस्थित प्रत्यक्षदर्शीहरुकाअनुसार उनले दिवंगत थाई राजाको तस्वीरअघि न्यायिक सशत बाचन गरेका थिए । लगतै आफैंलाई गोली हानेका हुन् ।

उनको एउटा अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि उनले लेखेको एउटा विज्ञप्ति भेटिएको छ, जसमा आत्महत्या गर्न खोज्नुको कारण उक्त मुद्दामा भएको बाहृय हस्तक्षेप हुनसक्ने संकेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment