+
+
Shares

सीको स्वागत तयारीः हराभर बन्यो तीनकुने

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७६ असोज १९ गते २१:०१

काठमाडौं । चमत्कारिक विकासका कामहरु गरेर चीनले विश्वलाई आश्चर्यमा पार्दै आएको छ । सडक, पुल, रेलवे, विमानस्थल निर्माणमा उसले गरेको काम अरु देशका लागि आश्चर्यजनक र लोभलाग्दो रहँदै आएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको पूर्व संध्यामा काठमाडौंमा पनि त्यस्तै त होइन तर त्यही शैलीमा रातारात काम भइरहेको छ । हिजोसम्म खाल्डैखाल्डा रहेको सडक रातारात चिल्ला भएका छन्, सडक पेटीहरु रंगिएका छन् ।

त्यतिमात्र होइन, पार्क बनाउने भनेर वर्षौंसम्म अलपत्र पारिएको तीनकुने चोकमा रातारात हरियाली छाएको छ । सडक छेउछाउ हरिया विरुवाहरु रोपिएका छन्, अब दुबो उमारिनेछ र चिनियाँ राष्ट्रपति सी जिनपिङ त्रिभुवन विमानस्थलबाट ओलिएर अगाडि बढ्दा यो हरित पार्कले स्वागत गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?