Comments Add Comment

राष्ट्रपतिले किन्न लगाएको क्यान्सर जाँच्ने मेसिनमा १० करोड घोटाला

११ असोज, काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किन्ने तयारी गरेको क्यान्सर पत्ता लगाउने ‘पेट स्क्यान’ मेसिनमा करिब १० करोड भ्रटाचारको खेल भैरहेको खुलेको छ । ३५ करोड मुल्यको उक्त मेसिन किनिहाले पनि नेपालमा तत्काल प्रयोग हुन नसक्ने बिज्ञहरु बताउँछन् ।

पाँच करोड बढी मुल्य पर्ने सामग्री किन्दा अन्तराष्ट्रिय बोलपत्र माग गर्नुपर्ने सार्बजनिक खरिद ऐन बिपरित एकै व्यापारीका नाममा रहेका तीन कम्पनीसँग अलगअलग दरका कोटेशन मागेर गुपचुप मेसिन किन्न लागिएको हो । तर, उक्त मेसिनमा आणविक पदार्थ प्रयोग हुने भएकाले तत्काल नेपालमा सम्भब नभएको नागरिक दैनिकमा खबर छ ।

आणविक पदार्थ अनुगमन कानुन नबनेकाले महँगोमा खरिद गर्न लागिएको मेसिन त्यत्तिकै थन्किने निश्चित छ । स्वास्थ्य मन्त्रालयले खरिद नियमावली बिपरित गुपचप तीनवटा कोटेशन माग गरेकोमा भदौ ३ गते एक व्यापारीले मात्र आर्थिक प्रशासन शाखामा दर्ता गराएका थिए । त्यही कोटेसनका आधारमा सबभन्दा सस्तो किन्न लागेको स्वाङ पार्दै खरिद फाइल अघि बढाइएको स्रोतले जानकारी दियो ।

‘पोजिसन इमिसन टोमोग्राफी (पेट) स्क्यान’ भनिने यो मेसिलाई शरीरमा फैलीएको क्यान्सर पत्ता लगाउने सबभन्दा अत्याधुनिक उपकण मानिन्छ । राष्ट्रपति रामवरण यादवको पहलमा स्वास्थ्य मन्त्रालयले उपकरण किन्ने प्रक्रिया अघि बढाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment