
४ चैत, काठमाडौं । काठमाडौं उपत्यका र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।
सोमबार बिहान ९ बजेर १ मिनेटमा मकवानपुर केन्द्र भएर गएको ४.१ म्याग्निच्युडको भूकम्पको धक्का काठमाडौंसम्म महसुस भएको हो ।
मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले बताएको छ ।
भूकम्पको धक्का मकवानपुरसँगै, नुवाकोट, धादिङलगायतका जिल्लामा महसुस गरिएको छ ।
०७२ को गोरखा भूकम्पपछि लामो समयसम्म पराकम्प गएको थियो । सोमबारको भूकम्प भने पराकम्प नभएर नयाँ भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4