Comments Add Comment

‘एमाले मै छु, टिकट नपाए पनि छोड्दिन’ : भूवन केसी

नायक भूवन केसीले केही दिन अघि राप्रपा नेपालका अध्यक्ष कमल थापालाई नै छक्काए । उनले एमालेबाट राप्रपा नेपालमा प्रवेश गर्ने भन्दै पार्टी प्रवेशको कार्यक्रममा आउने बताए । तर राप्रपा नेपालका अध्यक्ष सहितको टोली र पत्रकारले डेढ घन्टा कुर्दा पनि उनी आएनन् । कार्यक्रममा उनी नआएपछि राप्रपा नेपालले भूवन बिरामी भएर नआएको बतायो । भूवनले राप्रपा नेपालको सदस्यता लिएको उद्घोष कार्यक्रममा गरियो । उनलाई झापाबाट उठाउने तयारी राप्रपा नेपालले गरेको खुलासा पनि गरिएको थियो ।bhuwan-kc-in-umlतर रमाइलो कुरा भूवन केसीले भने आफू एमाले प्रति नै बफदार रहेको बताएका छन् । अनलाइनखबरसँग सम्पर्क गर्दै उनले बजारमा आफू राप्रपा नेपाल गएको भन्ने कुरा निराधार भएको तर्क गरेका छन् । भूवनले भने, ‘कमल थापा जीले राप्रपा नेपालमा आउनु भन्नु भएको थियो, तर मैले कुनै जवाफ दिएको थिइन ।’

उनले आफू पहिले देखि नै एमाले पार्टी प्रति नै बफादार रहेको बताउँदै टिकट दिने या नदिने भन्ने कुरा नेतृत्वको हातमा हुने बताए । के तपाइले एमालेसँग टिकट पाउनका लागि राप्रपा नेपाल जाने हल्ला फैलाउदै बार्गेनिङ गर्नुभएको हो भन्ने प्रश्नमा भूवनले त्यस्तो केही नभएको बताए । ‘टिकट पाए पनि नपाए पनि म एमाले प्रति नै समर्पित छु’, भूवनले अनलाइनखबरलाई टेलिफोन गरी भनेका छन् ।

भूवन केसीले राप्रपा नेपाल प्रवेश गर्ने हल्ला फिजाएर एमाले पार्टीसँग टिकट बार्गेनिङ गरेको तर्क पनि बजारमा आउन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment