Comments Add Comment

निर्वाना वेलनेस सेन्टरमा ३५ प्रतिशत छुट अफर

२१ असोज, काठमाडौं । जावलाखेलस्थित निर्वाना वेलनेस सेन्टरले दसैंको उपलक्ष्यमा आफ्ना सेवाहरुमा ३५ प्रतिशत छुटको घोषणा गरेको छ । उक्त स्किम नोभेम्बर ६ सम्म कायम रहने कम्पनीले जनाएको छ ।

यस कम्पनीले जीम र नन जीम दुवै प्रकारको सेवामा छुट अफर ल्याएको हो । जीम/कार्डियो, स्टिम/साउना, स्विमिङ्ग र ब्याडमिन्टन सेवामा ग्राहकले छुट उपभोग गर्न सक्ने कम्पनीले जनाएको छ । यो छुट वाषिर्क सेवा खरिदको सम्झौता गर्नेलाई मात्र उपलब्ध गराइएको कम्पनीले बताएको छ ।

कम्पनीले प्रतिव्यक्ति वाषिर्क शुल्क ५६ हजार रुपैयाँ तोकेको छ । अन्य समयमा १० प्रतिशतसम्म मात्र छुट दिंदै आएको निर्वानाले दसैंको अफर उपभोग गर्न ग्राहकलाई आग्रह गरेको छ । अन्य हेल्थ क्लबको तुलनामा यहाँ धेरै अवधि खुला रहने दाबी कम्पनीले गरेको छ ।

nirvana welness

nirvana-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment